बाँकेमा धार्मिक र सामाजिक सद्भावको मेला शुरु

सदरलाइन संवाददाता २ फाल्गुन २०८०, बुधबार १४:२५
 

नेपालगञ्ज : हिन्दु र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्रको रुपमा रहेको बाँकेको खजुरा गाउँपालिका ४ स्थित मुसबेटवा बाबा मजार मेला बुधबारदेखि शुरु भएको छ ।

इस्लाम धर्मगुरुसहित खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक र उपाध्यक्ष मन्जु मल्लले संयुक्त रुपमा च्यादर ओडाएर मेलाको शुभारम्भ गरे । खजुराका स्थानीय अगुवा सतिश निरौलाले हरेक वर्ष श्रीपञ्चमीको दिनदेखि तीन दिनसम्म लाग्ने मेलामा धार्मिक सद्भावको नमुना अन्यत्र बिरलै देख्न पाइने पाइने बताए । निरौलाले भने, “यो मजारमा मुस्लिम धर्मगुरु रहने भए पनि हिन्दु समुदायको समेत उत्तिकै आस्था र विश्वास छ ।“

मजारमा हिन्दु र मुस्लिम समुदाय अन्य दिनमा भन्दा मेलाको समयमा अधिक आउने गर्दछन् । यहाँका भारतका विभिन्न स्थानमा मनोकामना पूरा हुने भन्दै भक्तजनहरु आउने गरेका छन् । हिन्दु र मुस्लिम समुदायले एकसाथ विश्वास गर्ने भएकाले सद्भावको केन्द्र मुसबेटवा बाबाको मजार बनेको छ ।


यहाँ एकसय वर्षभन्दा पहिलेदेखि श्रीपञ्चमीको दिनमा मेला लाग्दै आएको जेष्ठ नागरिकहरु बताउँछन् ।

खजुरा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टेकबहादुर रोकायले धार्मिक र सामाजिक सद्भावको मजारलाई थप व्यवस्थित बनाउन सङ्घ र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज नाकाबाट जडीबुटी निकासीमा छत्तिस प्रतिशतले वृद्धि

२ फाल्गुन २०८०, बुधबार १४:२५
नेपालगञ्ज : पश्चिम नेपालको सबैभन्दा ठुलो नाकाका रूपमा रहेको नेपालगञ्ज नाकाबाट गत केही वर्षदेखि घट्दै गएको जडीबुटी निकासी चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा उल्लेख्य रूपमा वृद्धि भएको छ । नेपालगञ्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार गत आव २०७९/८० को छ महिनाको तुलनामा चालु आवको ६ महिनामा जडीबुटी निकासी […]