अक्सिमिटर चर्कोमा विक्री गर्ने इशा मेडिकल बन्द

सदरलाइन संवाददाता २४ जेष्ठ २०७८, सोमबार १६:४८
 

नेपालगञ्ज : शरिरको अक्सिजन प्रतिशत मापनका लागि प्रयोग गरिने अक्सिमिटर चर्को मूल्यमा विक्री गरेको पाइएपछि नेपालगञ्जको इशा मेडिकल हल तत्कालका लागि बन्द गरिएको छ ।

२ हजार २ सय खरिद मूल्य पर्ने उक्त अक्सिमिटर यो मेडिकलले ३ हजार एक सयमा विक्री गरेको पाइएपछि जरिवाना सहित तत्कालका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हरिशचन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार, २ हजार २ सयमा खरिद गरिएको अक्सिमिटर यो मेडिकलले बील सच्चाएर २ हजार ८ सयमा खरिद गरेको देखाएको छ । खरिद मूल्यको करिव २० प्रतिशत नाफा लिएर विक्री गर्न पाइने भएपछि उस्ले ३ हजार एक सयमा अक्सिमिटर विक्रीवितरण गरेको थियो ।


अक्सिमिटर चर्को मूल्यमा विक्री भइरहेको जनगुनासो आएपछि संयुक्त बजार अनुगमन समितिले अनुगमन गरेको थियो । अनुगमनका क्रममा अक्सिमिटर चर्को मूल्यमा विक्री वितरण गरेको पाइएपछि समितिले दुई लाख जरिवाना गरेको हो ।

औषधि व्यवस्था विभाग शाखा कार्यालयका अनुसार, अनुगमनका क्रममा औषधि विक्रीका लागि स्विकृत प्राप्त व्यवसायी समेत नभेटिएको पाइएको छ । त्यही भएर मेडिकलका सञ्चालकलाई औषधि व्यवस्था विभागमा हाजिर हुन निर्देशन दिइएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्दिरबाट नगदसहित २ तोला सुन चोरी

२४ जेष्ठ २०७८, सोमबार १६:४८
रुकुम (पूर्व) : रुकुम पश्चिमको एक बुडुमष्टको मन्दिरमा चोरी भएको छ । बाँफिकोट गाउँपालिका–५ काँडास्थित मन्दिरमा आइतबार राति चोरी भएको हो । मन्दिरबाट तीन लाख ५ सय ४० रुपैयाँ नगदसहित २ तोला सुन, ४ तोला चाँदी, एक पाथी नेपाली सिक्का र विभिन्न देशका ६५ थान मुद्रा चोरी भएको हो । […]