जानकी गाउँपालिकालाई बालविवाहमुक्त गाउँपालिका मुक्त बनाउन पहल

२६ माघ २०७६, आईतवार २०:११
 

सदरलाइनडटकम,
जानकी (बाँके)  : बाँकेको जानकी गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउने पहल गरिने भएको छ । बाल विवाह रोकथामका लागि अभिभावकलाई अभिभावक शिक्षा बारे जानकारी दिन आयोजित कार्यक्रममा सो पहल गरिने भएको हो ।
जानकी गाउँपालिकाको स्थानीयहरुले बाल विवाह अन्त्य गर्नका लागि कार्य योजना समेत निर्माण गर्दै बालबिबाह मुक्त पालिका बनाउन उनीहरुले प्रतिबद्धता जनाएका समेत छन् ।
स्याक नेपाल, बाँकेको आयोजना र प्लान इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा सन्चालित बालविवाह रोकथाम परियोजना अन्तर्गत जानकी गाउँपालिकालाई बाल विवाहमुक्त गाउँपालिका बनाउने लक्ष्य राखेको छ ।
सोही अन्तर्गत जानकी गाउँपालिका र सृजनशिल किशोरी क्लबको सहकार्यमा बालविवाह विरुद्धको अभियान स्याक नेपालका टिम लिडर नेत्रकला शाहीले अभिभावक शिक्षाको सहजीकरण गरेकी थिईन ।
सो अभिभावक शिक्षामा सहभागी जानकी गाउँपालिका वडा नं.४ का मिश्रीलाल यादवले नेपालको काुनन सबैले मान्नु पर्ने बताए ।
सहभागी ज्ञानु स्वर्णकारले वडा स्तरमा गएर सचेतना फैलाउनु पर्ने र नेपालको कानुन बारे स्थानीयहरुलाई ब्यापक जानकारी दिनु पर्ने आवश्यक रहेको बताईन् ।
सो कार्यक्रममा स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले बालविवाह गर्दा कानुुनी कारवाहीमा जो कोही पनि पर्ने बताए ।
कार्यक्रममा बालविवाह रोक्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । सो अभिभावक शिक्षामा बाल विवाहका रोकथामका उपायहरु बारे अभिभावकहरुलाई जानकारी दिईएको स्याक नेपालका सुपरभाईजर अर्मिला रोकायले बताईन् ।
जानकी गाउँपालिकाको वडा नं. ५ मा वडा कार्यालय र ईलाका प्रहरी कार्यालयको सहकार्यमा घटना दर्ता सम्बन्धी घरदैलो कार्यक्रम समेत गरिएको सृजनशिल किशोरी क्लदका अध्यक्ष खृष्टिना विकले जानकारी दिईन ।

Next Post

घोडाघोडी बहुमुखी क्याम्पसमा तालाबन्दी

२६ माघ २०७६, आईतवार २०:११
सदरलाइनडटकम, कैलाली : कैलालीको घोडाघोडी बहूमुखी क्याम्पसमा विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नाममा क्याम्पसले रकम असुल्न खोजेको भन्दै तालाबन्दी गरिएको स्ववियू सभापति जीवन बिसीले जानकारी दिए । क्याम्पसले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनलागि हालसम्मको बक्यौता रकम तिर्नुपर्ने र थप २ हजार रुपैयाँ […]