बुद्धिमानलाई अरुणोदय माविद्वारा सहयोग

१७ माघ २०७५, बिहीबार १७:४८
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरामा रहेको अरुणोदय माध्यमिक विद्यालयले स्मार्ट चिल्ड्रेन स्मार्ट विद्यालय विषयमा अभिभावकहरु सँग अभिमुखिकरण गरेको छ । विद्यालयले अभिभावकसँग अभिमुखिकरण गर्दे आई टि, इन्फरमेशन टेक्नोलोजी, म्यासेजमार्फत अभिभावकलाई जानकारी गराउने कार्य अगाडि बढाएको विद्यालयका प्रध्यानाध्यापक ऋषिकेश जिसीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सतिश निरौलाले विद्यालयको वेबसाइडमार्फत परीक्षाको नतिजा प्रकाशित गर्नेदेखि विभिन्न क्रियाकलाप इन्टरनेटमार्फत गर्ने गरी व्यवस्था मिलाइएको बताए । कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।
यस्तै करेन्ट लागेर आफ्नो दुवै हात र खुट्टा गुमाएका बाँके बैजानाथ गाउँपालिका वडा नम्बर ८ का बुद्धिमान कुंवरको उपचारका लागि विद्यालयले ६ हजार १ सय ३० रुपैयाँ हस्तान्तरण गरेको छ । अभिभावक र विद्यालयबाट सङकलन गरिएको उक्त रकम अभियानकर्ता पत्रकार खगेन्द्र दाहाललाई हस्तान्तरण गरिएको हो ।


Next Post

निशानले दर्शकलाई छमछमी नचाए

१७ माघ २०७५, बिहीबार १७:४८
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा जारी कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ कोहलपुरकोे संयुक्त आयोजनामा सुरु भएको ‘पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टिभल तथा पर्यटन महोत्सव २०७५’ को बिहीबार नेपाल आईडलका सेशन एकका द्वितीय निशान भटराईले दर्शकहरुलाई नचाएका छन् । उनले आमा भन्दा छोरी तरुनी, पछि उमेर […]

सम्बन्धित