मन्दिरबाट नगदसहित २ तोला सुन चोरी

सदरलाइन संवाददाता २४ जेष्ठ २०७८, सोमबार १७:०३
 

रुकुम (पूर्व) : रुकुम पश्चिमको एक बुडुमष्टको मन्दिरमा चोरी भएको छ । बाँफिकोट गाउँपालिका–५ काँडास्थित मन्दिरमा आइतबार राति चोरी भएको हो ।

मन्दिरबाट तीन लाख ५ सय ४० रुपैयाँ नगदसहित २ तोला सुन, ४ तोला चाँदी, एक पाथी नेपाली सिक्का र विभिन्न देशका ६५ थान मुद्रा चोरी भएको हो । मन्दिरमा पूजापाठ गर्न आउनेहरूले ती मुद्रा मन्दिरमा चढाएका थिए ।

मन्दिरको उत्तरतर्फको गेट फोडेर मन्दिरभित्र पसेर चोरी भएको बुडुमष्ट क्षेत्र विकास कोषले जनाएको छ । मन्दिरभित्र रहेको दराज फोडेर नगद र धातु चारी भएको कोषका अध्यक्ष ध्रुवराज केसीले जानकारी दिए ।


मन्दिरमा रहेका बहुमूल्य मूर्तिहरू भने चोरी भएको छैन। उक्त नगद मन्दिरमा भेटीबापत चढाइएको रकम हो । सोमबार बिहानै पूजापाठका लागि मन्दिर पुगेका पुजारीले मन्दिरमा चोरी भएको थाहा पाएका थिए । त्यसपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बाँफिकोटले त्यसको मुचुल्का उठाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले चोरी भएको खबर आएपछि बाँफिकोट इलाका प्रहरी कार्यालयलाई आवश्यक अनुसन्धानका लागि परिचालन गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फरार ५ जना पक्राउ

२४ जेष्ठ २०७८, सोमबार १७:०३
दाङ : सामुहिक वन मुद्दामा अदालतबाट सजाय तोकिएका फरार पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ५४ वर्षीय गिरिराज गिरी, ५३ वर्षीय रामप्रसाद पाण्डे, ५६ वर्षीय सीता देवकोटा, ४४ वर्षीय लालबहादुर चौधरी र ४७ वर्षीय आलोक घिमिरे छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरुविरुद्ध […]