खोलाले बगाउँदा सल्यानमा एक बालकको मृत्यु

सदरलाइन संवाददाता २४ श्रावण २०७८, आईतवार १४:११
 

सल्यान : सल्यानमा खहरे खोलाले बगाउँदा एक बालकको ज्यान गएको छ । खोलाले बगाउँदा सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पे जारढुङ्गाका १२ वर्षीय बालक ओमकार वलीको ज्यान गएको हो । खोलाले बगाउँदा बालककी ३२ वर्षीया आमा दिलसरा वली घाइते भएका छन् ।

शनिवार बेलुका गोठालोबाट घर फर्किँदै गर्दा गोगनपानीमा चोरपाटा खोलाले आमा र छोरा दुवै जनालाई बगाएको थियो ।


३० मिटर तलसम्म बगेर आमा बाँच्न सफल भएकी थिइन् । ओमकारको शव ४ सय मिटर तल भेटिएको छत्रेश्वरी गाउँपालिका–४ का वडाअध्यक्ष नेवबहादुर खड्काले बताए ।

दिलसराको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतवार बाँकेमा १० संक्रमित थपिए, ७ डिस्चार्ज

२४ श्रावण २०७८, आईतवार १४:११
नेपालगञ्ज : बाँकेमा आइतवार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ८३ नमुना परीक्षण गर्दा थप १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा २, मेडिकल कलेज कोहलपुरमा ५ र बागेश्वरीमा ३ गरी १० जना संक्रमित थपिएका छन् । तीमध्ये बाँकेका २ […]