लिगको अन्तिम खेलमा च्यासल र जावलाखेल बराबरीमा

२१ पुष २०७५, शनिबार १४:३४
 

सदरलाइनडटकम,
काठमाण्डौ : शहीद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा च्यासलले जावलाखेसँग एक–एकको बराबरीमा चित्त बुझाएको छ । हल्चोकमा रहेको सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा जावलाखेलले एक गोलको अग्रता जोगाउन सकेन ।
खेलको १०औँ मिनेटमा अर्जुन सिंहले हेडर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर ३२ औँ मिनेटमा च्यासलले पेनाल्टीमार्फत गोल गर्दै बराबरी गर्न सफल भयो । च्यासलका सन्नी ब्यञ्जनकारलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा छिरीङ गुरुङले गोल गर्न सफल भए ।
त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र एक–एकको बराबरीमा खेल सकियो । यो बराबरीले च्यासलको १६ अंक भएको छ भने जाउलाखेलको १३ अंक छ ।

Next Post

पश्चिमी वायुका कारण देशभरको मौसम प्रभावित

२१ पुष २०७५, शनिबार १४:३४
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : पश्चिमी वायुका कारण देशभरको मौसम प्रभावित भएको छ । उच्च हिमाली जिल्लामा ठूलो हिमपात हुने देखिएको छ । शनिवारबाट हिमपात शुरु भई मंगलवारसम्म रहने जल तथा मौसमविद् वरुण पौडेलले बताए । पौडेलका अनुसार देशभर बदली भई केही ठाउँमा वर्षा हुने र हिमाली जिल्लामा उच्च हिमपात हुने […]

सम्बन्धित