दैलेखको पालिकास्तरिय पब्लिक स्पिच छनोट चरण सुरु

सुरेन्द्र शाही ४ माघ २०८१, शुक्रबार १९:१२
 

 दैलेख :  आगामी फाल्गुण ७ र ८ गते दैलेखको चामुण्डा विन्द्रासैनी हुने पब्लिक स्पिच पालिका स्तरिय छनोट कार्यक्रम अन्र्तगत आज आठबिस नगरपालिका स्तरिय छनोट कार्यक्रम सम्पन्न भएको छ ।

आठबिस नगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थी बिच भएको पब्लिक स्पिच कार्यक्रममा जनज्योति माध्यामिक विद्यालय राकम कर्णाली की छात्रा चन्द्राकुमारी शाही प्रथम भएकी छन् ।


उनले लैगिक हिंसा न्युनिकरण विषयमा आफ्नो बिचार व्यक्त गरेकी थिइन । जनज्योति माध्यामिक विद्यालय राकम कर्णाली कै छात्रा राधिका माझी द्वितिय भएकी छन् । उनले जलवायु परिवर्तनमा विषयमा बोलेकी थिइन् ।

यसैगरी कालिका माध्यामिक विद्यालय तिलेपाटाका अजुर्न उपाध्याय तृतिय भएका छन् उनले सुशासन तथा भ्रष्टाचारका विषयमा बोलेका थिए त्यस्तै नेपाल राष्ट्रिय माध्यामिक विद्यालय जाक्सीकी अस्मिता बडुवालले सान्त्वना स्थान प्राप्त गरेकी छन् उनले लागु औषध दुरव्यसनीका विषयमा बोलेकी थिईन ।

प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश ५ हजार, ३ हजार २ हजार र १ हजार ५ सय नगद तथा प्रमाण पत्र वितरण गरिएको थियो ।आठबिस नगर क्षेत्रका ७ वटा सामुदायिक विध्यालयका १५ जना छात्र, छात्राको सहभागिता रहेको कार्यक्रम जयविन्द्रासैनी युवा क्लबका अध्यक्ष पृथ्वी बिक्रम शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल–भारत डिआईजी स्तरीय समन्वयात्मक बैठक पाल्पामा सम्पन्न

४ माघ २०८१, शुक्रबार १९:१२
नेपालगञ्ज :  सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच दुईदेशका डिआईजीस्तरीय छैठौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ । पाल्पाको तिनाहु–३ मा रहेको लुम्बिनी केवलकार बुटवल हिलमा माघ ४ गते नं. ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिपकुमार पाल र भारतीय समकक्षी सेक्टर हेडक्वाटर एसएसबी […]

सम्बन्धित