हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा

सदरलाइन संवाददाता २९ माघ २०७९, आईतवार १२:५८
 

दाङ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिएकी छन् ।

नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा संयुक्तरूपमा आइतवार आयोजित स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले विसं २०२७ को कानुनी संरचनामा रहेको हुलाक सेवाको तत्काल पुनः संरचना गर्न लागिएको बताइन् । उनले भनिन्, “समयसापेक्ष सूचना प्रविधि र सङ्घीय संरचनाअनुसार काम अघि बढाउने गरी ‘ड्राफ्ट’ तयार भइसकेको छ ।”


उनले ‘मिडिया’ क्षेत्रमा देखापरेको समस्याका बारेमा मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि जानकारी लिने काम जारी रहेको बताइन् । आगामी दिनमा पत्रकार र सञ्चार क्षेत्रको सबलीकरण हुने खालका कार्यक्रमलाई अघि बढाइने र सरकारी सञ्चारमाध्यमलाई प्रदेशस्तरमा व्यवस्थित गर्ने कामको थालनी गरिने उनले बताइन् ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले लोककल्याणकारी विज्ञापन कटौतीले साना मिडिया मारमा परेको जस्ता समस्या समाधान गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके–सल्यान सडक : चुनावी नारा मात्र बनिरहेकोमा आपत्ति

२९ माघ २०७९, आईतवार १२:५८
नेपालगञ्ज : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा सबै उम्मेदवारले चुनावी मुद्दा बनाएको नेपालगञ्ज–सल्यान पर्यटकीय सडक निर्माण सुरु गर्न स्थानीयवासीले दबाब दिन थालेका छन् । बाँकेको चप्परगौँडीबाट खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय सडकको निर्माणलाई निर्वाचनमा सबै राजनीतिक दलले आफ्नो चुनावी एजेन्डा बनाएका थिए । यो सडकको निर्माण २०१५ […]