मुख्यमन्त्री शाहीद्वारा प्रदेश रङ्गशालाको अनुगमन

सदरलाइन संवाददाता १७ चैत्र २०७८, बिहीबार १३:१२
 

नेपालगञ्ज : कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्माणधिन प्रदेश रङ्गशालाको अनुगमन गरेका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणधिन प्रदेश रङ्गशालकाको अनुगमन गरेका हुन् ।

मुख्यमन्त्री शाहीले रङ्गशालाको अनुगमन गर्दै निर्माणको काम निरन्तर गर्न र समयमै सक्नेगरि गर्न आग्रह गरे । उनले पछिल्लो रङ्गशाला निर्माणको कामलाई बेला–बेला अनुगमन गर्दै आएको र निर्माणको काम पनि निरन्तर अघि बढ्दै गएको भन्दै खुसी व्यक्त गरे ।


मुख्यमन्त्री शाहीले समयमै रङ्गशालाको निर्माण सक्नेगरि काम भईरहेको प्रति निर्माण कम्पनीलाई धन्यवाद समेत व्यक्त गरेका छन् । हाल रङ्गशालाको २५ प्रतिशत काम सकिएको छ । गत मंसिर २२ गते शिलान्यास गरिएको रंगशालाको कुल बजेट एक अर्ब ५८ करोड ४७ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा पासोमा परेर चितुवाको मृत्यु

१७ चैत्र २०७८, बिहीबार १३:१२
नेपालगञ्ज : कैलालीमा पासोमा परेर चितुवा मरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० झिरोखामा अज्ञात समूहले हालेको पासोमा परेर चितुवा मरेको हो । चितुवा बिहीबार विहान पासोमा परेको र उद्धार टोलीले काम गर्न नपाउदै मरेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले जानकारी दिए । ‘बर्दिया राष्ट्रिय निकुञ्जबाट टोली […]

सम्बन्धित