दैलेख : यही फाल्गुण ७ र ८ गते दैलेखको चामुण्डा विन्द्रासैनीमा हुने पब्लिक स्पिच पालिकास्तरिय छनौट कार्यक्रम अन्र्तगत ठाटीकाँध गाउँपालिकास्तरिय छनौट कार्यक्रममा भवानी माध्यामिक विद्यालय बाहाँकोटकी श्रृष्टी शाही प्रथम भएकी छन् ।
ठाटीकाँध गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थी बिच भएको पब्लिक स्पिच कार्यक्रममा श्रृष्टी शाहीले युवा स्वरोजगारका विषयमा आफ्नो बिचार व्यक्त गरेकी थिइन ।
भवानी माध्यामिक विद्यालय बाहाँकोटकी कै छात्रा कल्पना शाही द्वितिय भएकी छन् । उनले कला संस्कृतिको विषयमा बोलेकी थिइन् । कृष्ण माध्यामिक विद्यालय लकान्द्रकी अनुजा विष्ट तृतिय भएकी छन् उनले लैगिक हिंसा न्युनिकरणका विषयमा बोलेकी थिइन ।


त्यस्तै भवानी माध्यामिक विद्यालय बाहाँकोटकी एलिसा शाहीले सान्त्वना स्थान प्राप्त गरेकी छन् उनले दिगो विकासमा युवाको भूमिका विषयमा बोलेकी थिइन । प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश ५ हजार, ३ हजार २ हजार र १ हजार ५ सय नगद तथा प्रमाण पत्र वितरण गरिएको थियो ।
ठाटीकाँध गाउँपालिका क्षेत्रका ४ वटा सामुदायिक विध्यालयका ११ जना छात्र, छात्राको सहभागिता रहेको कार्यक्रम जयविन्द्रासैनी युवा क्लबका अध्यक्ष पृथ्वी बिक्रम शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।