नेपालगन्ज कारागारमा निःशुल्क आँखा शिविर

८ बैशाख २०७५, शनिबार १८:३१
 

सदरलाइनडटकम , 
८ बैशाख, नेपालगन्ज : जेसिस सप्ताह मनाउने क्रममा शनिबार नेपालगन्ज कारागारमा रहेका कैदी, बन्दी र थुनुवालाई लक्षित गरेको निःशुल्क स्वास्थ्य शिविर सञ्चानल गरिएको छ ।
नेपालगन्ज जेसिसले स्थानीय फत्तेबाल आँखा अस्पतालको प्राविधिक सहयोगमा जेसिसले कारागारमा निःशुल्क आँखा शिविर आयोजना गरेको मुल समितिका संयोजक प्रज्वल श्रेष्ठले जानकारी दिए ।
सो शिविरमा महिला ४० पुरुष १ सय ८६ जना गरेर २ सय २६ जना कैन्दी बन्दीको आँखा परिक्षण गरिएको मुल समितिका संयोजक श्रेष्ठले जानकारी दिए । उनीहरुमध्ये ८ जनाको आखा मोतिबिन्दुको समस्या देखिएको चिकित्सकले जनाएका छन् ।
वैशाख १ गतेदेखि सुरु भएको जेसिस सप्ताह अन्तरगत यसअघि मन्दिर परिसर सरसफाई, रक्तदान र ट्राफिक सचेतना जस्ता सामाजिक कार्यक्रमको आयोजना गरिएको थियो ।


Next Post

लुम्बिनी यात्रीज र दंगाली गोर्खाज विजयी

८ बैशाख २०७५, शनिबार १८:३१
सदरलाइनडटकम ८ बैशाख, कोहलपुर (बाँके) : कोहलपुरको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी ‘नेपालगन्ज कप’ टि–२० क्रिकेट प्रतियोगिताको छैठौ दिन शनिवार भएका दुई खेलमा एबरोल टीएमटी लुम्बिनी यात्रीज र एनआईसि एसिया दंगाली गोर्खाज विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा लुम्बिनी यात्रीजले आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई ४ विकेटले पराजित गरेको […]