अन्तरमन्त्रालय फाईल पाँचदिन भित्रै टुंग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन

सदरलाइन संवाददाता ४ माघ २०८१, शुक्रबार १८:४८
 

विराटनगर :  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमतिका लागि गएको फाइल, २ दिनदेखि ५ दिनभित्र टुंग्याउन निर्देशन दिएका छन् ।

उनले प्रदेश सरकारको अर्थिक वर्ष २०८१–०८२ को अर्धवार्षिक समिक्षा कार्यक्रममा निर्देशन दिँदै सहमतिका लागि गएको फाइलहरु अड्किँदा काम ढिलो भएको बताए ।

समिक्षा कार्यक्रममा उनले जेठ १५ गते भित्र अन्र्तक्रिया गोष्ठी जस्ता कार्यक्रमहरु सक्नका लागि पनि निर्देशन दिदै भने–‘जेठको अन्तिम लागेपछि कार्यक्रममा जानको लागि हैरान हुन्छ, दिनमा तीन चारवटा कार्यक्रम हुन्छन्, त्यसले नतिजा पनि दिएको छैन र जनताले पनि पचाएका छैनन । यस्तो काम रोक्ने गरी अघि बढ्न पर्छ ।’

कम्तिमा हप्तामा तीनदेखि चार दिन मन्त्री र सचिवलाईसँगै बसेर मन्त्रालयको काम गर्न पनि उनले आग्रह गरे । पर्फमेन्स देखाउँ र प्रभावकारी रुपमा काम गरौँ । मुख्यमन्त्री कार्कीले भने, –‘हाम्रो नीति, कार्यक्रम तथा बजेट खर्चको अवस्था अहिलेसम्म सन्तोषजनक छैन, पफर्मेन्स गर्न लागौँ, बेरुजू फच्र्यौृट र शासकीय सुधारलाई पहिलो स्थानमा राखेर काम गरौँ ।’

सरकारले गरेका सन्धी, सम्झौता, दीगो विकासका लक्ष्य लगायतलाई ध्यान दिएर मानवीय विकासमा काम गर्न पर्ने अवस्था रहेकोसमेत उनले औँल्याए ।


आगामी माघ ७ गतेदेखि सुरु हुने प्रदेश सभाको अधिवेशनमा नयाँ विधेयक र संसोधन गर्नुपर्ने ऐन पनि छिटो पेश गर्ने गरी तयारी गर्न मुख्यमन्त्री कार्कीले मन्त्रीहरुलाई निर्देशन दिए ।

प्रदेश सभामा मन्त्रालयका विषयमा उठेका विषयहरु सम्बन्धित मन्त्रीले ढिलोमा एक हप्ता भित्र जवाफ दिने गरी तयारी गर्नसमेत उनले आग्रह गरे । प्रदेश सभालाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सबै लाग्नु पर्ने बताउँदै उनले भने–‘२०७७ सालपछिको सबै भन्दा प्रभावकारी र राम्रो यही अधिवेशन हुने छ । त्यसतर्फ लागौँ ।’

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले ऐन र नियमावलीमार्फत काम गर्नु पर्ने बताउँदै कार्यविधि र निर्देशिकाबाट काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी अघि बढ्ने बताए ।

प्रमुख सचिव केदारनाथ शर्माले मन्त्रालयहरुले समयसीमा अनुसार काम गर्नुपर्नेमा जोड दिए । ‘एकै पटक नियमावली र कार्यविधि ल्याएर काम गर्ने कुरा ठिक भएन, पुँजीगत खर्च कसरी बढाउन सकिन्छ त्यसमा लाग्नु पर्छ । यसमा मन्त्रालयहरुले ध्यान दिन जरुरी छ’–उनले भने ।

समिक्षा कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री तथा राज्यमन्त्री, मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखको पालिकास्तरिय पब्लिक स्पिच छनोट चरण सुरु

४ माघ २०८१, शुक्रबार १८:४८
 दैलेख :  आगामी फाल्गुण ७ र ८ गते दैलेखको चामुण्डा विन्द्रासैनी हुने पब्लिक स्पिच पालिका स्तरिय छनोट कार्यक्रम अन्र्तगत आज आठबिस नगरपालिका स्तरिय छनोट कार्यक्रम सम्पन्न भएको छ । आठबिस नगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थी बिच भएको पब्लिक स्पिच कार्यक्रममा जनज्योति माध्यामिक विद्यालय राकम कर्णाली की छात्रा चन्द्राकुमारी […]

सम्बन्धित