नेपालगञ्ज रंगशालामा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना हुँदै

सदरलाइन संवाददाता ४ माघ २०८१, शुक्रबार १८:१०
 

नेपालगञ्ज :  नेपालगञ्ज रंगशालामा आगामी फागुणको १९ देखि २९ सम्म लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुने सो प्रतियोगिता अन्तरालले आयोजना गर्ने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।

सो प्रतियोगिताका लागि नेपालगञ्ज रंगशालामा सचिवालय स्थापना गरी प्रतियोगिता आयोजनाको प्रारम्भिक तयारी सुरु गरिएको अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले जानकारी दिए ।

उनले पछिल्लो समयमा नेपालगञ्जमा खेलकुदका गतिविधि नभई रहेको अवस्थामा महिला फुटवलका माध्यामबाट खेलमैत्री संस्कृतिको विकास गर्ने उद्देश्यले बाँके जिल्ला फुटबल संघसंगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।


उनले भने–‘यहाँ लामो समयदेखि खेलकुदका गतिविधि हुन सकिरहेका छैनन । नेपालगञ्ज खेलकुदको उर्वर भूमि पनि हो । कुनैवेला यहाँबाट राष्ट्रिय अन्तराष्ट्रिय खेलकुदमा भागलिने खेलाडिको लर्कोनै हुन्थ्यो अहिले विभिन्न कारणले नभएको अवस्था छ । हाम्रो प्रयास पुनः खेल र खेलाडिको विकास गर्ने हो ।’

सो अवसरमा बाँके जिल्ला फुटबल सघका अध्यक्ष भोजराज शाहीले खेल संस्कृतिको विकासका लागि खेल गतिबिधि हुन आवश्यक रहेको उल्लेख गर्दै प्रतियोगिता हामी सबैको भएकोले यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक हुने बताए ।

सो प्रतियोगितामा नेपाल–भारतका समेत महिला फुटवल टिमलाई सहभागि गराईने तयारी गरिएको छ । प्रचार संयोजक निरज गौतमले उद्देश्य माथि प्रकाश पारेको कार्यक्रममा पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीलगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तरमन्त्रालय फाईल पाँचदिन भित्रै टुंग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन

४ माघ २०८१, शुक्रबार १८:१०
विराटनगर :  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमतिका लागि गएको फाइल, २ दिनदेखि ५ दिनभित्र टुंग्याउन निर्देशन दिएका छन् । उनले प्रदेश सरकारको अर्थिक वर्ष २०८१–०८२ को अर्धवार्षिक समिक्षा कार्यक्रममा निर्देशन दिँदै सहमतिका लागि गएको फाइलहरु अड्किँदा काम ढिलो भएको बताए । समिक्षा कार्यक्रममा उनले जेठ […]