बर्दिया प्रहरीद्वारा पुर्व प्रहरी तथा अमर/अशक्त प्रहरी परिवारलाई स्वास्थ्य सामाग्री वितरण

सदरलाइन संवाददाता २२ जेष्ठ २०७८, शनिबार १३:०७
 


बर्दिया : जिल्ला प्रहरी कार्यालय बर्दियाले कोरोना संक्रमणबाट जोगिनको लागि पुर्व प्रहरी तथा अमर/अशक्त प्रहरी परिवारलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले दिएको जानकारी अनुसार बर्दिया प्रहरीले बिभिन्न चरणमा गरी आफ्ना पुर्वप्रहरी तथा अमर/अशक्त प्रहरी परिवारलाई कोभिड–१९ को माहामारीबाट जोगाउन स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो ।

नेपाल प्रहरीको बार्षिक कार्ययोजना २०७७, कल्याणकारी योजनाहरुको क्षेत्र र पहुँच वृिद्ध कार्यक्रम अन्तर्गत बर्दियाको ठाकुरबाबा, बारबर्दिया र बाँसगढी नगरपालिकामा बसोबास गर्दै आईरहेका अवकाश प्राप्त पुर्व प्रहरी कर्मचारी र अमर/अशक्त प्रहरीका परिवारका ९५ घर धुरीलाई निजहरुको घर नजिक रहेका प्रहरी ईकाईबाट बितरण गरिएको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।


जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीको उपस्थितिमा ईलाका प्रहरी कार्यालय मोतिपुर, ईलाका प्रहरी कार्यालय बग्नाह भुरिगाउँ, प्रहरी चौकी कतर्नियाघाट र अस्थाई प्रहरी चौकी ठाकुरद्वारामा बोलाई उनीहरुको अवस्था, गुनासाहरु, सुझावहरु सुन्नुका साथै विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट बच्न, रोकथाम गर्न, सुरक्षा मापदण्डको पालना गर्न सचेतनामुलक आवश्यक निर्देशन दिदै स्वास्थ्य सुरक्षा सामाग्री सर्जिकल मास्क र साबुनहरु बितरण गरेका हुन ।

गत जेठ १३ गतेदेखि शुरु गरिएको यो कार्यक्रम बर्दिया जिल्लाका सम्पुर्ण स्थानहरुमा बसोबास गरी बसेका अवकाश प्राप्त पुर्व प्रहरी कर्मचारी र अमर/ अशक्त प्रहरीका परिवारलाई समेट्ने गरी जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको दाना उद्योगमा बिस्फोट एकको मृत्यु, दुई घाइते

२२ जेष्ठ २०७८, शनिबार १३:०७
नेपालगञ्ज : नेपालगञ्जमा दाना उत्पादन गर्ने मिलको कम्प्रेसर मेसिन विस्फोट हुँदा कार्यरत मजदुरको मृत्यु हुनुको साथै दुई जना घाइते भएका छन् । नेपालगञ्ज–२१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्नेक्रममा कम्प्रेसर मेसिन बिस्फोट हुँदा सो मिलमा कार्यरत बाराको कलैया उपमहानगर–१९ का साबीराज मियाँको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय […]