सदरलाइनडटकम
४ माघ, नेपालगन्ज : सशस्त्र प्रहरीले बाँकेको हिरमिनिया–७ लोहारनपुर्वा गाउँस्थित बगैचाबाट करीब ५० हजार मूल्य बराबरको सालको अवैध काठ बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको सो काठ बरामद गरे सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल बीओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कुँवरको नेतृत्वमा गएको गस्ती टोलीले १० क्युफिट सालको गोलिया बरामद गरेको बताइएको छ । चिरान गर्नका लागि तयारी अवस्थामा राखिएको सो काठ बरामद गरी आवश्यक अनुसन्धानका लागि जिल्ला बन कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक कुँवरले जानकारी दिए ।
