लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजदेखि शुरु हुँदै

सदरलाइन संवाददाता १९ जेष्ठ २०७८, बुधबार ०९:५५
 

नेपालगञ्ज : लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन (आठौँ अधिवेशन) बुधवारदेखि शुरु हुँदैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यस वर्ष कोरोना नियन्त्रण तथा कोरोनाले पारेको आर्थिक मन्दीलाई चलायमान बनाउन बजेटले प्राथामिकता दिने लुम्बिनीको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।


गएको वर्ष ३६ अर्ब ३५ करोडको बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले यो वर्ष पनि त्यही हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुस्लिम समाज बाँकेद्धारा खाद्यान्न वितरण

१९ जेष्ठ २०७८, बुधबार ०९:५५
नेपालगञ्ज : नेपालगञ्ज मुस्लिम समाज बाँकेले अति विपन्न, दैनिक ज्यालादारी गर्ने गरीब, असहाय, मजदूर, अनाथ र अपांगहरूलाई खाद्यान्न सहयोग गरेको छ । कोरोना महामारीका कारण लागू गरिएको लकडाउनको बेला उनिहरूलाई कुनै गाह्रो नहोस् भनी १० केजी चावल, १ पैकेट पीठो, १ किलो चिनी, १ किलो दाल, १ किलो नुन, १ […]

सम्बन्धित