सेतु विक स्मृति क्रिकेट भोलीबाट

२३ चैत्र २०७४, शुक्रबार १७:५५
 


सदरलाइनडटकम
२३ चैत, नेपालगन्ज :  बाँकेको खजूरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा शनिबारदेखि शहीद सेतु विक स्मृति क्रिकेट प्रतियोगिता सञ्चालन हुदैछ ।
न्यू दर्पण युवा क्लब ईगाउँको आयोजनामा हुने प्रतियोगितामा यस क्षेत्रका १६ वटा क्लबको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष दलबहादुर बिसीले जानकारी दिए ।
अध्यक्ष बिसीका अनुसार, प्रतियोगितामा प्रथमलाई ७५ हजार ५५५ र द्धितिय हुने समूहलाई ४१ हजार ५५५ हजार नगद , शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने छ । ईगाउँस्थित मनकामना नेपाल राष्ट्रिय आधारभुत विद्यालयको खेल मैदानमा शनिबार दिउसो खजूरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले प्रतियोगिताको उद्घाटन गर्नेछन् । शहीद सेतु विकको जन्मस्थानमा न्यू दर्पण युवा क्लबले बर्षेनी क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Next Post

थारु कलाकारहरुको भेला सम्पन्न

२३ चैत्र २०७४, शुक्रबार १७:५५
सदरलाइनडटकम २३ चैत, नेपालगन्ज  :  ५ बुंदे घोषणा पत्र जारी गर्दै थारु कलाकारहरुको बृहत भेला बाँकेको गाभर भ्यालीमा शुक्रवार सम्पन्न भएको छ । राष्ट्रिय थारु कलाकार संघ जिल्ला कार्यसमिति बाँकेको बृहत भेलाले नयाँ नेतृत्व समेत चयन गरिएको छ । संघको अध्यक्षमा सोहनलाल चौधरी, उपाध्यक्षमा जगन्नाथ चौधरी, सचिवमा विश्व सागर परियार, […]