संविधानभन्दा बाहिर जान नसकिने गृहमन्त्रीको स्पष्टोक्ति

२७ फाल्गुन २०७५, सोमबार १६:४४
 

सदरलाइनडटकम,
भैरहवा : गृहमन्त्री रामबहादुर थापाले सरकार संविधानभन्दा बाहिर जान नसक्ने बताएका छन् । संबिधानमै व्यवस्था नभएको जनमतसंग्रह सरकारले गर्न नसक्ने प्रष्ट पारेका हुन् । भैरहवामा आयोजित प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दैै गृहमन्त्री थापाले सीके राउतसँग स्वतन्त्र मधेसको नारा त्याग्ने सहमति भएको दावी गर्दै स्वतन्त्र मधेसका लागि जनमतसंग्रह हुन नसक्ने बताए ।
देशलाई बिखण्डन गर्ने तत्वलाई राजनीतिक मुलधारमा ल्याउन सरकार सफल भएको उल्लेख गर्दै मन्त्री थापाले अपराधिक तत्वबाट भने मुलुकलाई खतरा रहेको स्वीकार गरे । उनले संविधानभन्दा माथि गएर कसैले गतिविधि सञ्चालन गर्न खोजे सरकार चुप लागेर नबस्नेसमेत चेतावनी दिए । राउतको स्वागतमा उनका सर्मथकले जनकपुरमा गरेको प्रदर्शनलाई गृहमन्त्री थापाले उक्त क्रियाकलापलाई अन्तिम विदाइको खुसियालीको सज्ञा दिए ।
गृहमन्त्री थापाले विप्लप नेतृत्वको नेकपाका कारण सुरक्षा चुनौती थपिएको भन्दै यसलाई निस्तेज पार्न सरकार गम्भीर रहेको समेत उल्लेख गरे । सुरक्षा गोष्ठीमा गृहमन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री, प्रदेश ५ का प्रमुख सचिवलगायतको सहभागिता छ ।

Next Post

नेपालगन्ज महोत्सवमा बद्री र शिवले हंगामा मच्चाउदै

२७ फाल्गुन २०७५, सोमबार १६:४४
सदरलाइनडटकम, नेपालगन्ज :  नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकाँदोमा भइरहेको प्रादेशिक महोत्सवमा मंगलबार चर्चित गायक बद्री पंगेनी र शिव परियारले हंगामा मच्चाउने भएका छन् । महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहले दिएको जानकारी अनुसार बद्री र शिवसहित सन्तोष दवाडी, जादुगर सुरज मायावी आउँदै छन् । फाल्गुण १९ […]

सम्बन्धित