शेमरक किड्स किङ्गडमको चौथो वार्षिकोत्सब सम्पन्न

७ फाल्गुन २०७६, बुधबार १९:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज एजुकेशनल फाउण्डेशनद्वारा सञ्चालित शेमरक किड्स किंगडमले आफ्नो चौथो बार्षिकोत्सब मनाएको छ ।

फाउण्डेशनका कार्यबाहक अध्यक्ष सुनिलकुमार शर्माको सभापतित्व एवम् नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत डा.राजकुमार सुवेदीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

प्रमुख अतिथि वडा अध्यक्ष बेहनाले मन्टेश्वरी शिक्षामा शेमरकले पु¥याइरहेको योगदानको चर्चा गर्दै जीवन उपयोगी शिक्षा अहिलेको आवश्यकता रहेको कुरामा जोड दिए ।

विशिष्ट अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापाले शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयास र चासोबाट नै गुणस्तरीय शिक्षा सम्भब हुने भन्दै यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।


प्रमुख कार्यकारी अधिकृत डा.सुवेदीले नयाँ सोचका साथ मन्टेश्वरी चलाइरहेको बताउँदै छोटो समयमा विद्यालयप्रति अभिभावकले गरेको विश्वासले आफूहरुको उर्जा अझैं बढेको दाबी गरे । उनले पढाईका अलाबा अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले प्राथमिकता दिएको जानकारी दिए ।

अभिभावकद्वय निशा पुरी र दिपकराज ओलीले आफ्ना बालबालिकाले उपयुक्त वातावरणमा राम्रो शिक्षा पाइरहेको भन्दै विद्यालयले अभिभावकहरुको मन जितेको धारणा राखे ।

कार्यक्रमको उद्घाटन सत्रपछि विद्यार्थीहरुले नृत्य, गायन, पब्लिक स्पिकिङ्ग लगायत अन्य प्रस्तुति दिएको विद्यालयका प्रिन्सिपल प्रकृति पाण्डेले जानकारी दिईन ।

Next Post

१२ किलो चरेशसहित आरसी प्रहरी नियन्त्रणमा

७ फाल्गुन २०७६, बुधबार १९:४३
सदरलाइनडटकम, कोहलपुर (बाँके) :  पाँच नंम्बर प्रदेश प्रहरी व्यूरोबाट खटेको प्रहरीको टोलीले बाँकेको कोहलपुर नगरपालिका–१२ चपरगौडीबाट एक जनालाई १२ किलो चरेशसहित नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । प्रदेश प्रहरी व्यूरोका प्रहरी निरिक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा खटेको विशेष टोलीले कोहलपुर–१२ का ३२ वर्षिय आकाश आरसीलाई साढे २ बजे १२ किलो […]

ताजा अपडेट