नेपालगञ्ज : नेपालगञ्ज मुस्लिम समाज बाँकेले अति विपन्न, दैनिक ज्यालादारी गर्ने गरीब, असहाय, मजदूर, अनाथ र अपांगहरूलाई खाद्यान्न सहयोग गरेको छ ।
कोरोना महामारीका कारण लागू गरिएको लकडाउनको बेला उनिहरूलाई कुनै गाह्रो नहोस् भनी १० केजी चावल, १ पैकेट पीठो, १ किलो चिनी, १ किलो दाल, १ किलो नुन, १ लिटर खाने तेल र १ प्याकेट, केजी आलु प्याजÞ ५ सोयाबीन सहयोग स्वरूप बाँडिएको समाजले जनाएको छ । नेपालगञ्ज मुस्लिम समाजका अध्यक्ष अब्दुल हकीम हल्वाईले बताए ।
नेपालगञ्ज मुस्लिम समाज बाँकेकाका सचीव मेराज अहमद हिमालयले सामाजिक दायित्व तथा मानवीय धर्म निर्वाह गरेको बताए ।
तेस्रो चरणमा नेपालगञ्जका अति बिपिन्न असहायहरूमा १०० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । नेपालगंज मुस्लिम समाज बाँकेका बरिस्ठ उपअध्यक्ष अब्दुल जलिल मन्सुरी (मुन्ना)ले जानकारी दिए ।