मानविय सहयोगका लागि कोबिड–१९ रिलिफ फण्ड बाँके स्थापना

१३ चैत्र २०७६, बिहीबार १०:१८
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  विश्वभरी फैलिएको कोभिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि सरकारले आव्हान गरेको ‘लकडाउन’को तेस्रो दिन पनि जारी छ । ‘लकडाउन’को भाइरसको संक्रमण फैलिन नदिनको लागि अपनाईएको बिधि हो ।

पाँच नंम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले सरकारले आव्हान गरेको ‘लकडाउन’लाई सहयोग पुराउन सबैले आ–आफ्नो घरमा बसेर यो विपदको घडिमा आफु र आफन्तलाई जोगाउन सहयोगको लागि अपिल गर्दै स्वःस्फूर्तरुपमा मानविय सहयोग समिति निर्माण गरी आ–आफ्नो क्षेत्रबाट सहयोगको अपिल गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा स्ट्याटस राख्दै सहयोगको अपिल गरेकी हुन । ‘कोभिड–१९ भन्ने भाइरल रोगबाट बिश्वभरि फैलिएको प्रकोपबाट हाम्रो देश नेपाल र हामी नेपाली पनि अछुतो रहेनौ । यो प्रकोपबाट स्वास्थ्य क्षेत्र त प्रभाबित छदैछ । यस्ले दैनिक ज्यालादारी,मजदुरी गरि जिबिका धान्ने वर्गहरुको एक छाक खाने अबस्था गुम्ने भएको छ । विशुद्ध मानवताको कर्तब्य बोध भइ बाँके जिल्लामा यो लकडाउनको परिस्थितिमा सृजित अबस्थालाई केहि राहत स्वरुप हाम्रो तर्फबाट प्रयासहरु कोबिड–१९ रिलिफ फण्ड बाँके आजैका मितिवाट शुरू गरेका छौ । यो फण्ड माथि उल्लेख गरेका लक्षित वर्गलाई अति आवस्यकीय खाध्यान जुटाउन खर्च गरिनेछ । यस्को सबै हिसाव किताव सार्वजनिक गरिनेछ । मैले मेरो तर्फवाट रू पचास हजार (५०,०००) आजै जम्मा गरें । आउनुहोस यो विश्व संकटको घडिमा हातेमालो गरि आफु पनि बाचौ, अरुलाइ पनि बचाउ ।’ उनले स्ट्याटसमा उल्लेख गरेकी छन् ।


यस फण्डमा तत्काल भेरी अस्पताल नेपालगञ्जका मेडिकल बिभाग प्रमुख डा. राजना पाण्डेले ५० हजार, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका बालरोग बिशेषज्ञ डा. रोमा बोराले २१ हजार उपलब्ध गराई सकेका छन् ।

सो फण्डमा जोडिनको लागि विभिन्न क्षेत्रमा क्रियाशिल रहेका मनकारी व्यक्तिहरुले साममाजिक सञ्जाल मै आ–आफ्नो प्रतिबद्धता जनाएका छन । फण्डमा जोडिएर सहयोग गर्नेहरुको सामाजिक सञ्जाल तथा सञ्चार माध्यामबाट प्रत्यक हर हिसाव सार्वजनिक गरिने प्रदेश सभा सदस्य नमुनाले जानकारी दिईन ।

Next Post

स्त्रीरोग विशेषज्ञ डा. शाहद्वारा रिलिफ फण्डलाई सहयोगको घोषणा

१३ चैत्र २०७६, बिहीबार १०:१८
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना भाइरस (कोभिड (१९) विरुद्ध देश लडिरहेका बेला दैनिक ज्यालादारी, मजदुरीबाट दैनिकी धान्ने वर्गहरुको एक छाक खाने अबस्था गुम्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको अगुवाईमा गठित कोबिड–१९ रिलिफ फण्ड बाँकेमा सहयोग थपिने क्रम जारी छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै प्रदेश सभाषद […]