सदरलाइनडटकम,
बाँसगढी (बर्दिया) : दलित महिलाहरूको मानव अधिकार संरक्षणका लागि अभियान शुरु गर्नुपर्ने सराकारवालाहरुले बताएका छन् । दलित महिला संघ बर्दियाले मंगलवार आयोजना गरेको दलित महिलाहरूको मानव अधिकार संरक्षणका लागि सरोकारवालाहरूसँग जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।
गुलरिया नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथी सुशिला गिरीले स्थानीय निकायका जनप्रतिनिधिनै घरेलु हिंसामा पर्ने गरेको बताइन् । कार्यक्रममा दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले पछिल्लो समयमा बर्दियामा दलित महिलामाथि घरेलु हिंसालगायत विभेद बढिरहेकोले सबै सरोकारवाला निकायहरु एकजुट हुनुपर्ने कुरामा जोड दिइन् ।
