मास्क बैंक मार्फत ५६ हजार बढी मास्क वितरण

सदरलाइन संवाददाता १४ जेष्ठ २०७८, शुक्रबार १७:२५
 


नेपालगञ्ज : बासले सञ्चालन गरेको मास्क बैंकबाट ५६ हजार बढी मास्क वितरण गरिएको छ । कोभिड प्रतिकार्यमा खटिरहेका गाउँ–बस्तीमा रहेका नागरिकहरुलाई निःशुल्क मास्क उपलब्ध गराउने उद्देश्यले मास्क बैंक सञ्चालनमा ल्याईएको हो ।

कोभिडको सँक्रमण बढ्दै गएपछि मास्क लगायत स्वास्थ्य सामाग्रीको चरम अभाव भएपछि बासले मास्क बैंक सञ्चालन गरि अभाव भएको ठाउँमा मास्क निःशुल्क उपलब्ध गराउँदै आएको छ । मास्क बैंक मार्फत कोभिड प्रतिकार्यमा खटिएका ब्यक्ति, कोभिड बिरुद्ध क्रियाशिल संस्था तथा निकाय, पत्रकार तथा स्थानीय समुदायमा आम नागरिकहरुलाई मास्क वितरण गरिदै आएकोे बासका सुचना अधिकारी हेमराज भट्टले जनाएका छन् ।

मास्क बैंकबाट मास्कहरुमा डिसिसिएमसि बाँकेलाई २० हजार थान मास्क सहयोग हस्तान्तरण गरिएको छ । यसैगरी नेपालगञ्जको निलसागर सेवाश्रम, भेरी अस्पतालमा रहेको अन्जनी माता रसोई, एनटिभि कोहलपुर, प्रेरणा पुर्नस्थापना केन्द्र, माया सदन वाल गृह पुरैनी, भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, जिल्ला स्थित विभिन्न प्रहरी चौकी, नेपालगञ्ज ४ मा सञ्चालीत आईसोलेशन सेन्टर, नेपाल पत्रकार महासँघ बाँके, समाज सेवा संस्था कोहलपुर, कोभिड वार्डमा रहेका सबै विरामी तथा कुरुवाहरुलाई मास्क वितरण गरिएको छ ।

यसैगरी संस्थाले कर्मचारी, स्वयम् सेवक परिचालन गरि बाँकेका आठ ओटै स्थानीय तह नेपालगञ्ज उपमहानगरपालिकाका, डुडुवा गाँउपालिका, नरैनापुर गाँउपालिका, राप्ती सोनारी गाँउपालिका, खजुरा गाँउपालिका, जानकी गाँउपालिका, बैजनाथ गाँउपालिका र कोहलपुर नगरपालिकाका समुदायहरुमा गई ३० हजार ५ सय बढी मास्क वितरण गरेको छ । समुदाय तहमा मास्क वितरण गर्दा मास्कको प्रयोग विधिका बारेमा समेत जानकारी गराईएको थियो ।


नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगरले जेष्ठ ३ गते उद्घाटन गरेको मास्क बैंकमा देश तथा बिदेशमा रहेका नेपालीहरुले संस्थागत तथा ब्यक्तिगत रुपमा स्वस्फूर्त सहयोग प्रदान गरिरहेका छन् । उक्त सहयोगबाट मास्क खरिद गरि मास्क निःशुल्क बितरण गरिदै आएको छ । अभियान अन्तरगत नै बासले डिसिसिएमसिलाई झण्डै ६ लाख बराबरको पिपिई, अक्सिमिटर, मास्क, सेनिटाईजर, ग्लप्स लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको छ भने भेरी अस्पतालमा अक्सिजन रिफिलका लागि ९० हजार सहयोग हस्तान्तरण गरिसकेको छ ।

त्यसैगरी टिकापुर अस्पतालले २ सय पिपिई सहयोग गरिएको थियो । बासले भेरी अस्पतालमा आउने कोभिड सक्रमितलाई सहयोग गर्ने उद्धेश्यले दुई जना कर्मचारी नियुक्त गरी नागरिक सहायता कक्ष (हेल्पडेस्क) सञ्चालन गरिरहेकोछ । नेपालगञ्ज उमपहानगरपालिका वडा नम्बर १८ मा होम आईसोलेशनमा रहेका २० जना कोभिड सक्रमितलाई अण्डा, मास्क, सावुन लगायतका खाद्य सामाग्री बितरण गरेको छ । यसरी आवश्यकता र मागको आधारमा मास्क बैंक मार्फत मास्क लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिदै आएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिवार देशका अधिकांश क्षेत्रमा वर्षा हुँदै

१४ जेष्ठ २०७८, शुक्रबार १७:२५
नेपालगञ्ज : देशभरका अधिकांश क्षेत्रमा शनिवार मेघ गर्जनसहित वर्षा हुँदै छ । धेरैजसो स्थानमा चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको गरेको छ । लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने छ । लुम्बिनी प्रदेशकै नेपालगञ्ज आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । वर्षा भइरहेकाले वाढी–पहिरो […]

ताजा अपडेट