सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी अटो चालक गम्भीर घाइते भएका छन् । कोहलपुर न्यूरोडस्थित गोलपार्कमा अटो रिक्सा दुर्घटना हुँदा शाही थरका चालक घाईते भएका हुन् ।
न्यूरोड चोकदेखि मेडिकल कलेजतर्फ जाँदै गरेको भे १ ह ६६५ नम्बरको अटो दुर्घटना भएको हो । न्यूरोड चोकमा अर्को अटोलाई ठक्कर दिएर भाग्दै गरेको अवस्थामा गोलपार्क नजिकै दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।
गम्भीर घाईते अटो चालक शाहीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घाईतेको दुबै हातमा चोट लागेको छ भने अटो पूर्णरुपमा क्षतीग्रस्त भएको छ ।
