सदरलाइनडटकम
३ बैशाख, चितवन : सशस्त्र प्रहरी बल गढीमार्इ गण भण्डाराले पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथर स्थित परेवास्वरी सामुदायिक बनमा लुकाइ राखेको अवस्थामा अन्दाजी एक क्वीन्टल गाँजा बरामद गरेको छ।
सोमबार बिहान करिब ४ बजेको समयमा बरामद गरिएको सो गाँजा र्इलाका प्रहरी कार्यालयका प्रतिनिधि , पत्रकार र राप्ती–६ का वडा अध्यक्ष जल्लु चौधरीको रोहवरमा नष्ट गरिएको गणका सशस्त्रका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
सुराकीको आधारमा सशस्त्र प्रहरी नायव निरीक्षक उत्तर वार्इवाको नेतृत्वमा ९ जनाको टोलीले सो परिमाणको गाँजा बरामद गरेको थियो । डिलु नेपालको सहयोगमा
