बैजनाथका किसानलाई अनुदानमा मिनि ट्रिलर

लक्ष्मी तिमिल्सेना २१ असार २०७८, सोमबार १७:४७
 


बैजनाथ (बाँके)  : बाँकेको बैजनाथ गाउँपालिकाले किसानलाई कृषिकर्ममा सहयोग पुराउन अनुदानमा मिनी ट्रिलर उपलब्ध गराएको छ । गाउँपालिकाले कृषि क्षेत्रको व्यवसायिकरणका लागि किसानहरुलाई सहयोग होस् भन्ने उद्देश्यले अनुदानमा मिनी ट्रिलर सहयोग गरेको जनाएको हो ।

गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानवहादुर ऐडीले गाउँपालिकाका वडा नं. १ देखि ८ सम्मका ८० जना किसानहरुलाई छनौटगरी ५० प्रतिशत अनुदानमा मिनी ट्रिलर उपलब्ध गराइएको जानकारी दिए ।

उनले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रम अनुसार कृषि कर्म गर्नको लागि सहज होस भन्नका लागि आधुनिक सामग्री सहयोग गरिएको बताए । ‘गाउँपालिकाले अनुदानमा प्रदान गरेका सामग्रीबाट कृषि क्षेत्रको विकासका साथै जिविकोपार्जनमा समेत सहयोग पुग्ने विश्वास गरेका छौ’–उनले भने ।

गाउँपालिकाका अध्यक्ष मानवहादुर रुचाल ठकुरीले कृषिको आधुनिकीकरण र ब्यावसायिकरणका लागि एकसाथ धेरै किसानलाई आधुनिक उपकरण सहयोग गरिएको बताएका छन् । कृषि क्षेत्रको विकास नै किसान र गाउँपालिकाको समृद्धिको आधार भएको उनले बताए ।


विगतका वर्षदेखि नै गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको अध्यक्ष ठकुरीले बताएका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा समेत नीति तथा कार्यक्रम र बजेटको प्रमुख प्राथमिकताका रुपमा गाउँपालिकाले कृषि क्षेत्रलाई राखेको छ ।

बैजनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षमा एक वडा एक पकेट क्षेत्र घोषणा गर्ने, तकारी खेती प्रवद्र्धन र विकासमा जोड दिने नीति लिएको अध्यक्ष ठकुरीको भनाई छ । गाउँपालिकाले माछा पालकलाई प्रोत्साहित गर्ने र शित भण्डार लागि आवश्यक पहल गर्ने पनि बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आयोगद्वारा मध्यावधी निर्वाचनको कार्यतालिका सार्वजनिक

२१ असार २०७८, सोमबार १७:४७
काठमाण्डौ : निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले अगामी कात्तिक २६ र मंसिर ३ गते तय गरिएको मध्यावधी निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो । विपक्षी दलहरूले प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाइ जारी […]