एमाले बाँकेद्धारा आकस्मिक रक्तदान

सदरलाइन संवाददाता १४ जेष्ठ २०७८, शुक्रबार १७:१८
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले बाँके जिल्ला कमिटिले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

“रक्तदान जीवनदान” भन्ने मुल नाराका साथ नेकपा एमाले बाँके जिल्ला कमिटिद्धारा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको उदघाटन गर्दै नेकपा एमाले बाँके जिल्ला अध्यक्ष अशोक कोइरालाले कोरोना भाईरसको महामारीमा कसैको जीवनमा रगत अभावकै कारण समस्या आउन नहुने भन्दै एमाले बाँकेले रक्तदान कार्यक्रम आयोजना गरेको बताएका छन् ।

नेकपा एमाले बाँके जिल्ला कमिटि सचिवालय सदस्य अब्दुल हुसेन खाँले कोरोना भाईरसका बिरामी र तिनका कुरुवालाई एमाले बाँकेले संचालन गरेको भान्सा घरसँगै रक्तदान कार्यक्रमलाई विशेष जोड दिईरहेको बताएका छन् ।


साथै उनले रगत अभाव भएको सूचना ब्लर्ड बैंकले आफुहरुलाई दिए तत्काल रक्तदान कार्यक्रमको आयोजना गर्ने बताएका छन् । साथै उनले कोरोना भाईरसको महामारीको समयमा रक्तदान गरी मानविय सेवामा सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

नेकपा एमाले बाँकेले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना भाईरसका विरामी र तीनका कुरुवाका लागि भान्सा घर संचालनमा ल्याएको छ भने शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मास्क बैंक मार्फत ५६ हजार बढी मास्क वितरण

१४ जेष्ठ २०७८, शुक्रबार १७:१८
नेपालगञ्ज : बासले सञ्चालन गरेको मास्क बैंकबाट ५६ हजार बढी मास्क वितरण गरिएको छ । कोभिड प्रतिकार्यमा खटिरहेका गाउँ–बस्तीमा रहेका नागरिकहरुलाई निःशुल्क मास्क उपलब्ध गराउने उद्देश्यले मास्क बैंक सञ्चालनमा ल्याईएको हो । कोभिडको सँक्रमण बढ्दै गएपछि मास्क लगायत स्वास्थ्य सामाग्रीको चरम अभाव भएपछि बासले मास्क बैंक सञ्चालन गरि अभाव भएको […]