मन्त्री अथकद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई

सदरलाइन संवाददाता १४ जेष्ठ २०७९, शनिबार १६:३८
 

काठमाण्डौ : नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ । शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाई गरेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार काठमाण्डौमा आयोजना गरेको बिदाई कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले सफलताको शुभकामना दिए ।


नेपाली टोली आजै अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । जसकालागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोली अमेरिकाको टेक्सस जान लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुनाहा नाकामा सुरक्षा व्यवस्था कडा

१४ जेष्ठ २०७९, शनिबार १६:३८
नेपालगञ्ज : भारत सीमानाका जमुनाहाको सुरक्षा ब्यवस्था कडा पारिएको छ । इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज प्रहरी बरिष्ठ नायव निरीक्षक माधवप्रसाद रिजालले कमाण्ड सम्हाल्ने वित्तिकै नाकाको सुरक्षा ब्यवस्था कडा पारेका हुन् । नेपालगञ्ज भित्रिने भारतीय साना गाडीबाट अवैध हातहतियार भित्रिन सक्ने खतरालाई मध्यनजर गरि त्यस्ता गाडी माथि निगरानी बढाएको उनले […]

सम्बन्धित