रोटरी क्लब अफ दाङद्वारा विद्यालयलाई कम्प्युटर

सदरलाइन संवाददाता २१ कार्तिक २०७९, सोमबार १४:४५
 

दाङ : रोटरी क्लव अफ दाङले घोराही उपमहानगरपालिका १ स्थित आधारभुत विद्यालय सिमलतारालाई एक थान कम्प्युटर प्रदान गरेको छ ।

सामाजिक सेवाप्रति उत्तरदायी रोटरी क्लव अफ दाङले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो ।

विद्यालयमा कम्प्युटर प्राप्त भएपछी उक्त कम्प्युटर विद्यालयको प्रशासनिकलगायतका काममा प्रयोग हुने प्रधानाध्यापक विकास पाण्डेयले बताए ।


उक्त विद्यालयलाई रोटरी क्लवले बिगतका बर्षहरु देखिनै सहयोग गर्दै आइरहेको र आगामी दिनहरुमा पनि रोटरीको कुनै शैक्षिक कार्यक्रम परे विद्यालयलाई थप सहयोग गरिने कार्यक्रम संयोजक कमल रेग्मीले बताए ।

रोटरी क्लव अफ दाङका अध्यक्ष ओबिन्द्र महराको अध्यक्षतामा भएको कम्प्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयकै एक अग्नीपिडित विधार्थीलाई शैक्षिक सामग्री सहयोग प्रदान गरेको अध्यक्ष महराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुई वर्षभित्रै लालपूर्जा वितरण हुन्छ : महासचिव पोख्रेल

२१ कार्तिक २०७९, सोमबार १४:४५
दाङ : नेकपा एमालेका महासचिव शंकर पोख्रेलले अबको निर्वाचनबाट नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने र एमाले सरकार बनेको दुईवर्ष भित्र सबै सुकुमबासीहरुलाई जग्गाधनी पूर्जा वितरण गरिने बताएका छन् । उनले नेपालका सुकुमबासी एवं जग्गा नहुनेहरुका लागि जग्गाको व्यवस्थापन गर्दै पूर्जा वितरण गर्नका लागि एमाले सरकारले सुकुमबासी आयोग गठन गरेको, त्यसले […]