जानकी गाउँपालिकाको वार्षिक समिक्षा

१५ भाद्र २०७६, आईतवार १९:२९
 

सदरलाइनडटकम,
जानकी, (बाँके) :  बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा भएका कार्यको आईतवार वार्षिक समिक्षा गरेको छ ।
सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष रामनिवास यादवले विभिन्न समस्याका वावजुद् पनि अधिकांश विकास निर्माणका योजना सम्पन्न भएको बताउँदै चालु आर्थिक वर्षमा थप उपलब्धी हासिल हुनेगरी काममा खट्न कर्मचारीलाई निर्देशन दिए ।
कर्मचारी र जनप्रतिनिधिबीचको आपसी समन्वय र सहकार्यले मात्रै गाउँपालिकाको विकास र समृद्धि हासिल हुने बताउँदै उनले कार्यक्षेत्रमा दत्तचित्तका साथ लाग्न सबैलाई आग्रह गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले गत आर्थिक वर्षको कमी कम्जोरीलाई सच्चाउदै चालु आर्थिक वर्षमा उपलब्धि हासिल गर्न समिक्षा बैठकले सहयोग गर्ने बताए ।
कार्यक्रममा गाउँपालिका अन्तर्गतका शिक्षा युवा तथा खेलकुद शाखा, भौतिक पूर्वाधार एवम् प्राविधिक शाखा, कृषि, पशुसेवा, आर्थिक प्रशासन शाखाका संयोजकहरुले वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

Next Post

विकासमा राजनीति होईन हातेमालो गरौ : मन्त्री राई

१५ भाद्र २०७६, आईतवार १९:२९
सदरलाइनडटकम, नेपालगञ्ज  : सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति होईन हातेमालो र सहकार्य हुर्नुपर्ने कुरामा जोड दिएका छन् । पार्टीका तर्फबाट आईतबार बिहान नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राईले सो कुरा बताएका हुन । उनले पछिल्लो समय खास गरी बाँकेमा विकासमा राजनीति गर्ने प्रबृत्ति बढ्दै गएको प्रति […]