राप्ती प्रादेशिक अस्पतालमा दुरविन विधिबाट अप्रेशन सेवा शुरु

सदरलाइन संवाददाता १९ असार २०८०, मंगलवार १२:५९
 

दाङ : दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालबाट दुरविन विधिबाट अप्रेशन सेवा शुरु भएको छ ।

अस्पतालबाट पहिलो पटक गत असार ४ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी ३० वर्षीया चन्द्रकला महराको पित्त थैलीमा रहेको पत्थरीको दुरविन विधिबाट अप्रेशन गरि निकालिएको थियो ।

त्यसैगरी असार १८ गते दोस्रो पटक सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. १ निवारी ३४ वर्षीया निर्मला विकको पित्त थैलीमा रहेको पत्थरीको दुरविन विधिबाट अप्रेशन गरिएको हो ।


विशेषज्ञ डाक्टर गोवर्धन नेपाल, डा. शुशिल आचार्य, डा. प्रकाश शाहु, एनएस थेसियाका डा.दिपीका सुवेदी र सवनम संग्रौला लगायत स्टाप नर्सको टोलीले अप्रेशन गरेको हो ।

अन्य अस्पतालको तुलनामा राप्ती प्रादेशिक अस्पतालमा केही सहुलियत शुल्कमा अप्रेशन हुने अस्पताल प्रशासनले जनाएको छ । जेठको अन्तिम साता तिर दुरविन विधिबाट अप्रेशन गर्ने मेसिन अस्पतालमा आएपछि असारदेखि सेवा शुरु गरेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बस्ती जोगाउन राप्ती नदीमा तटबन्ध निर्माण गरिँदै

१९ असार २०८०, मंगलवार १२:५९
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाको कचनापुर र खल्लाझगडिया टोलमा बाढीबाट बस्ती जोगाउन तटबन्धको काम शुरु भएको छ । राप्ती नदीमा आउने बाढीका कारण अतिजोखिममा रहेको राप्ती सोनारी–२ कचनापुरको मधुवाघाट र वडा नं ७ को खल्लाझगडियामा जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम अगाडि बढेको छ । राप्ती नदीको बाढी […]