नेपालगञ्ज : कोरोनाबाट बाँकेमा थप तीनजनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको भेरी अस्पतालमा तीनजना संक्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा बढैयाताल गाउँपालिका–६ बर्दियाका ४२ वर्षीय पुरुष, बढैयाताल–२ का ४५ वर्षीया महिला र टिकापुर नगरपालिका–८ का ७७ वर्षीय पुरुष रहेका छन् ।
योसँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २९० जना र जिल्लाकै २९३ जनाको मृत्यु भईसकेको छ । बाँकेमा अहिले संक्रमण दरसँगै मृत्यु दरपनि घटिरहेको छ ।