सुर्खेतमा आफ्नै पेटमा हतियार प्रहार गरी घाइते

सदरलाइन संवाददाता १ बैशाख २०७९, बिहीबार १७:४०
 

नेपालगञ्ज : सुर्खेतको वीरेन्द्रनगरमा २० वर्षीय एक युवकले आफ्नै पेटमा हतियार प्रहार गरेका छन् । प्रहरीका अनुसार जाजरकोट घर भई वीरेन्द्रनगरमा बस्दै आएका २० वर्षीय युवकले धारिलो हतियार प्रहार गरि घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार राति १० बजे जाजरकोट छेडागाड नगरपालिका–१० का २० वर्षीय चन्द्रबहादुर थापाले आफ्नै पेटमा धारिलो हतियार प्रहार गरि घाइते भएका छन् ।


उनको हाल देउती अस्पताल प्रा.लिमा उपचार भई रहेको छ । थापा वीरेन्द्रनगर नगरपालिका–३ यरीचोक नजिक कोठा भाडामा बस्दै आएका थिए । तर, उनले आफ्नै पेटमा धारिलो हतियार (चक्कु) प्रहार किन गरे भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अर्जुन दास हत्या प्रकरणमा चार आरोपी पक्राउ

१ बैशाख २०७९, बिहीबार १७:४०
नेपालगञ्ज : कैलालीको जानकी गाउँपालिका ९ को अमरावती सामुदायिक वनमा गत पुसमा हत्या गरिएका २५ बर्षीय अर्जुन दास घटनामा संलग्न चार जना फरार अभियुक्तहरुलाई नेपाल भारत सिमानाकाबाट पक्राउ परेका छन् । दासको गत पुस ३ घाँटी रेटेर हत्या भएको थियो । दासको हत्या गरि फरार रहेका चार जनालाई महानगरीय अपराध […]