मुगुमा पानी घट्ट विस्तापित हुदै, विकल्पमा आधुनिक मिलको प्रयोग बढ्दै

१४ फाल्गुन २०७४, सोमबार १९:१४
 

सदरलाइन / शुभाकर विश्वकर्मा,
१४ फागुन, मुगु  :  विकाससंगै भित्रिएको प्रविधिको कारण र जलबायु परिवर्तनको कारण मुगुमा परापूर्व कालदेखि संचालनमा रहेका पानी घट्ट विस्तापित हुन थालेका छन् । जलवायु परिवर्तनका कारण पानी मुल सुक्दै जाने समस्याले पनि पानी घट्टलाई पछिल्लो समय आधुनिक घट्ट (मिल) को प्रयोग बढ्न थालेपछि पानी घट्टहरु विस्तापित हुन थालेका हुन् ।
पानीको पहुच भएको ठाउँमा मात्र संचालन गर्न मिल्ने भएकोले पनि यसप्रति आर्कषण घट्दो क्रममा रहेको छ । मानिसहरु बसोवास गर्ने स्थान भन्दा टाढाको दुरीमा रहने भएकोले पनि मानिसलाई एक्लै जान आउन समेत जोखिम रहेको थियो ।
मुगु जिल्लामा अन्दाजी १ सय बढि परम्परागत पानी घट्ट रहेको अनुमान छ । तर, ती घट्टहरु अहिले पानी अभाव, दुरीका हिसाव लामो समय लाग्ने र नयाँ पुस्ताले यसलाई झन्झटिलो रुपमा लिएका कारण प्रयोग गर्नेको संख्या कम हुदै गएको हो ।
छायानाथ रारा नगरपालिका वडा नम्बर ४ निवासी सानुमाया भामले समयको अनुकलताको दृष्टिले पानी घट्ट भन्दा आधुनिक घट्ट नै उपयुक्त हुने बताउछिन् । विषेश गरेर महिलालाई सुरक्षाका दृष्टिले पनि आधुनिक कुटाई पिसानी मिल नै भरिलो भएको उनको भनाई छ । अहिले पानी घट्टको विकल्पको रुपमा मानिसले कुटानी पिसानी मिलको प्रयोग गर्न थालेका छन् । आर्थिक रुपमा मिल महंगो पर्ने भएपनि समय र दुरीका हिसावमा नजिक हुने भएकोले यसको प्रयोग बढ्दै जान थालेको हो ।
पानी घट्टमा कुटानी पिसानीको लागि २, ३ घण्टासम्म लगाएर जानु पर्ने बाध्यताबाट मुक्ति मिल्ने भएको छायानाथ रारा नगरपालिका क्षेत्रमा अहिले अन्दाजी आधा दर्जन बढी कुटानी पिसानी मिल संचालनमा रहेका छन् ।
यस्तै छायानाथ रारा नगरपालिका वडा नम्बर ८ की सम्झना रावलका अनुसार मुगु जिल्लामा जलवायु परिवर्तनका कारण पानीका मुल सुक्दै गएकोले पनि आधुनिक मिलको विकल्प खोजिएको हो ।
यसैवीच, नगरपालिका वडा नम्बर ५ ढुमगाउमा गाउलेहरुको सक्रियतामा कुटानी पिसानी मिल संचालनमा आएको छ । १ वर्ष लगाएर निर्माण गरिएको मिल संचालनमा आएपनि आफुहरुलाई कुटानी पिसानी गर्न सजिलो भएको गाउले प्रतिक्रिया दिएका छन् ।
आर्थिक वर्ष २०७३/०७४ को निर्वाचन सासंद कोटको १५ लाख ८ हजार ३ लाख बराबर जनश्रम दान गरि जम्मा १८ लाखमा उक्त मिल संचालनमा आएको हो । यसबाट ढुम गाउँका ३ सय जना लाभान्वित भएका छन् ।
मिलमा धान, मकै कुट्ने, धुलो पिस्ने लगायातका काम गर्ने निर्माण उपभोक्ता समितिका अध्यक्ष जानदेखी बुढाले बताईएन् । कुटानी पिसानीकमो आवश्यक पर्दा गाउँबाट टाढाको दुरीमा पानी घट्टमा जान अवस्थाबाट छुटकारा मिलेको उनको भनाई रहेको छ । उद्यपी अहिले पनि मुगुका अधिकांश जनसंख्याले पानी घट्ट प्रयोग गर्ने गर्दछन् ।


Next Post

बाँकेका प्राविधिक पत्रकारले होलि मनाए

१४ फाल्गुन २०७४, सोमबार १९:१४
सदरलाइनडटकम  १४ फागुन, नेपालगन्ज  : प्राविधिक पत्रकार संघ नेपाल बाँकेले सोमबार नेपालगन्जमा होलि मिलन कार्यक्रम गरेको छ । फागुन १७ र १८ गते देशभर मनाईने रंगको पर्व होलि अवसर पारेर होलिमिलन कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष नरेन्द्र सिंहले जानकारी दिए । अध्यक्ष सिंहको अध्यक्षतामा भएको होलि मिलनमा कार्यसमितिको सहभागिता रहेको […]

सम्बन्धित