नेपालगञ्ज : नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले अन्जनी माता रसोईलाई बुधवार आर्थिक सहयोग गरेको छ । भेरी अस्पतालमा कोभिडका विरामी र कुरुवालाई खाना खुवाउँदै आएको रसोईलाई संघले १५ हजार ५ सय रुपैयाँ नगद सहयोग गरेको हो ।
संघले स्थापना दिवसका अवसरमा रसोईलाई सहयोग गरेको संघ बाँकेका अध्यक्ष टेकबहादुर केसीले जानकारी दिए । रसोईका सल्लाहकार विजय गुप्ता, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, नेपाली काँग्रेस बाँकेका सदस्य सुधान्शु कोइराला, नगर सभापति प्रशान्त विष्टलगायतको उपस्थितीमा सहयोग रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै डा. थापाले रसोइ सञ्चालनबाट विरामी र कुरुवा शुलभ दरमा खाना खान पाएको बताए ।
जोखिममा पनि सेवा दिइरहेका स्वास्थ्यकर्मीले अस्पताल परिसरमा उपस्थित स्वास्थ्यकर्मीहरुबाट आर्थिक संकलन गरी श्री सुन्दरकाण्ड मित्र मण्डलद्धारा सञ्चालित रसोईलाई सहयोग गरिएको कार्यक्रमका व्यवस्थापक नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए ।