बर्दियामा ब्राउनसुगर सहित १ जना पक्राउ

सदरलाइन संवाददाता २३ पुष २०८०, सोमबार १४:१७
 

नेपालगञ्ज : बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् ।

सोही गाउँपालिका–५ हलन चोक बस्ने १९ वर्षीय बिशाल विकलाई प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।


उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतबाट फर्केका १० जनालाई कोरोना संक्रमण

२३ पुष २०८०, सोमबार १४:१७
कञ्चनपुर : भारतमा कोरोना संक्रमण फैलिदाँ त्यसको असर नेपालमा पनि देखिने खतरा बढेको छ । भारतबाट काम गरेर फर्केका १० जना ब्यक्तीमा कोरोना संक्रमण पुष्टि भएको हो । कञ्चनपुरको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कमा जाँच गर्दा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए […]