व्यापार नहुँदा वीरेन्द्रनगरका व्यावसायिक सटरहरु खाली हुँदै

सदरलाइन संवाददाता ११ जेष्ठ २०८०, बिहीबार १४:०९
 

सुर्खेत : आर्थिक मन्दिका कारण व्यापार–व्यवसाय सञ्चालन हुन नसक्दा सुर्खेतका व्यवसायिक सटरहरु धमाधम खाली हुन थालेका छन् । पछिल्लो समय देशमा जारी आर्थिक संकटको प्रभाव सुर्खेत सहित प्रदेश राजधानी वीरेन्द्रनगरमा पनि पर्न थालेको छ ।

कोरोना भाईरस संक्रमण अवस्था पछि थला परेको अर्थतन्त्रको प्रत्यक्ष प्रभाव अहिले वीरेन्द्रनगरमा पनि देखा पर्न थालेको छ । कुनै समय थाम्नै नसक्ने गरी व्यापार हुने वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रका सटरहरु आर्थिक मन्दीका कारण धमाधम बन्द हुन थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको चर्को व्याजका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यापारीहरुको भनाई छ ।

पछिल्लो समय सफल व्यवसायीका रुपमा परिचित भएका व्यक्तिहरु पनि व्यवसाय बन्द गर्ने गरेका छन् । आफूले गरेको व्यापारबाट घर भाडा तिर्न समेत धौ–धौ पर्न थालेपछि व्यवसायबाट पलायन हुने अवस्था सिर्जना भएको वीरेन्द्रनगर–६ शनिहल लाईनमा फेन्सी पसल गर्ने व्यवसायी कुसुम सापकोटाले बताईन् ।


सुरुमा राम्रै चलेको व्यवसाय कोरोना महामारीका कारण धेरै समय सञ्चालनमा रहेन । व्यवसाय बन्द भएपछि केहि समय लघुवित्तलाई ऋणको किस्ता बुझाउँन सकिएन्, एक पछि अर्को गर्दै किस्ता थपिदै गयो । बन्दाबन्दी सहज भएपछि व्यापार विस्तारै लयमा फर्किदै थियो, तर देशमा आर्थिक मन्दी शुरु भएसँगै व्यवसायले थप समस्या भोग्न प¥र्यो उनले भनिन, ।

यस्तै वीरेन्द्रनगर–६ स्थित सुपर मार्केटमा खुद्रा पसल गर्दै आउनु भएकी भगवती बैगारको पनि अवस्था उस्तै रहेको बताईन् । व्यापार हुन छोड्नु र घरबेटीले बारम्बार घर भाडा वापतको रकम तिर्न ताकेता गरेपछि भगतवीलाई सटर नै बन्द गर्नुपर्ने अवस्था आएको हो ।

वीरेन्द्रनगर–७, शंकर चोकमा खुद्रा पसल सञ्चालन गर्दै आउनु भएकी धना शाहीले पनि आर्थिक मन्दीले लघुवित्तको किस्ता तिर्न नसकेर पसल नै बन्द गरेकी बताउँछिन् । अहिले देशमा आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर व्यवसाय नै बन्द गर्नु पर्ने अवस्थामा पुग्नेको संख्या बढ्दो क्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

११ जेष्ठ २०८०, बिहीबार १४:०९
कञ्चनपुर : कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका–८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बाघपीडित परिवारलाई १० लाख राहत रकम हस्तारण गरेका हुन् । वन्यजन्तुबाट हुने […]

सम्बन्धित