बाँकेमा १७ गतेसम्म निषेधाज्ञा लम्बियो

सदरलाइन संवाददाता १० जेष्ठ २०७८, सोमबार १७:१३
 

नेपालगञ्ज : बाँकेमा जारी निषेधाज्ञा जेष्ठ १७ गतेसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय गरेको हो ।

डिसिएमसीको बैठकले निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेको छ । कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिएपछि बाँके प्रशासनले यसको रोकथाम र नियन्त्रणका लागि गत १३ गतेदेखि बाँकेमा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो ।


त्यसपछि हप्ता हप्ता दिन थप गर्दै जेष्ठ दश गतेसम्म पुर्याइएको हो । जिल्लामा निषेधाज्ञाको समयअवधि थपिएपनि बजारमा भने भिडभाड उस्तै छ । नागरिक स्तरबाटै निषेधाज्ञाको पालना भएको देखिदैन ।

संक्रमणको जोखिम न्युनिकरणका लागि प्रशासनले गरेको निषेधाज्ञामा पनि मुभमेन्ट नरोकिएको भन्दै प्रशासनको आलोचना भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट ५ संक्रमितको मृत्यु, बाँकेका शुन्य

१० जेष्ठ २०७८, सोमबार १७:१३
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दिया तीन र दाङका दुई जना गरी पाँच जना संक्रमितको मृत्यु भएको हो । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का ४१ वर्षीय पुरुष, बाँसगढी नगरपालिका–६ का ५५ वर्षीय पुरुष, गुलरिया नगरपालिका–१२३ का ५५ […]

सम्बन्धित