बडा दशैंको सातौं दिन आइतवार फूलपाती भित्र्याईंदै

सदरलाइन संवाददाता १६ आश्विन २०७९, आईतवार १३:३८
 

नेपालगञ्ज : बडा दशैंको सातौं दिन आइतवार घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याईंदैछ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत् आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधि अनुसार नवपालुवा भित्र्याउने गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ ।


‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्’, धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले भने ।

फूलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउन साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दशैं शुरू भएसँगै नेपालगञ्जबाट बाहिरिनेको संख्या बढ्यो

१६ आश्विन २०७९, आईतवार १३:३८
नेपालगञ्ज : नेपालीहरूको महान चाड दशैं शुरू भएसँगै नेपालगञ्जबाट बाहिरिनेको संख्या बढ्न थालेको छ । नेपालगञ्जबाट बाहिरिने लामो दुरीका सवारी साधनको चाप बढेको छ । कोरोना महामारीका कारण लगातार दुई वर्ष राम्रोसँग दशैं मनाउन नपाएका नेपालीहरू यसवर्षको दशैं हर्षोल्लासका साथ मनाउने तयारीमा छन् । कोरोना संक्रमण नियन्त्रण उन्मुख रहेकाले बाहिरी […]