कैलालीमा हावाहुरीका कारण एक जनाको मृत्यु

सदरलाइन संवाददाता ३० बैशाख २०७८, बिहीबार १७:२०
 

धनगढी : कैलालीमा बुधबार साँझ आएको हावाहुरी र बर्षाका कारण एक जनाको मृत्यु भएको छ । जिल्लाको टिकापुर १ एकतानगरमा हावाहुरीका कारण घरमाथी रुख ढल्दा ४० बर्षिय देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ ।

बुधबार राती करीब साढे ८ बजे कच्ची घरमाथि ढलेको रुखले च्यापिएर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक भरत चौधरीले जानकारी दिए ।

यस्तै कैलालीको घोडाघोडी नगरपालीका साढेपानीमा कलक बहादुर रोकायाको घरमा चट्याङ्ग परेको छ । चट्याङ्गका कारण घरमा क्षती पुगेको छ । घरमा बिद्युतीय मिटर बक्स, बाइरिङग सहितका सामानहरु बिग्रीएका र नष्ट भएका छन् ।


यस्तै कैलारी गाउँपालीका ५ मा अंकित बोहराले टिनले छाएको घरको छाना उडाएको छ । घरको छाना उडउँदा मानबिय क्षती नभएपनी घरमा राखिएको अन्नपात तरकारी लगायतमा ७० हजारको क्षती पुगेको प्रहरीले जनाएको छ ।

हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा विद्युतका पोलमा क्षति गरेको हो। धनगढीमा पनी हावाहुरी र बर्षाका कारण बिभिन्न ठाउँमा बिद्युत सेवा अवरुद्ध भएको छ । कैलारी गाउँपालिका वडा नम्बर ७ को भुँइयाफाँटा गाउँमा मात्र दर्जनौ घरमा हुरीले क्षति गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरलाई बेटर बाँकेद्वारा अक्सिजन सहितको एम्बुलेन्स हस्तन्त्रण

३० बैशाख २०७८, बिहीबार १७:२०
कोहलपुर (बाँके)  : बेटर बाँकेले कोभिड संक्रमितलाई उपचारमा सहज पु¥याउने उद्देश्यले कोहलपुर नगरपालिकालाई अक्सिजन सहितको एम्बुलेन्स हस्तान्तरण गरेको छ । बेटर बाँकेका अध्यक्ष युबराज देबकोटाद्वारा कोहलपुर नगरप्रमुख लुटबहादुर रावतलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन । नगरप्रमुख रावतले एम्बुलेन्स सहयोगले कोरोना महामारीको विपतमा ठुलो मानविय सहयोग भएको बताउँदै यूवाहरुलाई सामाजिक कार्यमा लाग्न […]