अन्जनी रसोईलाई कृष्णाले तरकारी उपलब्ध गराउने

सदरलाइन संवाददाता ९ जेष्ठ २०७८, आईतवार १७:०२
 

नेपालगञ्ज : हाल कोभिड–१९ कोरोना भाईरसको महामारीका बीच सहयोगी हातहरू अगाडी बढ्दै गएका छन् ।

अन्जनी माता रसोई घरलाई हाल सहयोगी हातहरूले हातेमालो गरेकै हुँदा दैनिक ३ सय ५० बढी कोरोना संक्रमित र उनका कुरूवाहरूले साँझ–बिहान खान खाईरहेका छन् ।

केही समय अगाडि बिहानको छाक रू. २० र साँझको छाक रू. ८० मा खुवाउँदै आईरहेको अन्जनी माता रसोई सहयोगी हातहरूले हातेमालो गरेकै कारण हाल साँझ–बिहानको खाना रू. २० मै खुवाउने कार्य जारी राखेको देश मै पहिलो भान्सा घर हुन पुगेको छ ।


मानवीय सेवामा समर्पित अन्जनी माता रसोई घरलाई अझ सजिलो होस भनी आज आईतबार कृष्णा कृषक सहकारी समुहले १ सय ५० केजी फर्सी र ७० किलो आलु सहयोग गरेको समुहका अशोककुमार मौर्यले बताए ।

आज गरिएको सहयोग कार्यक्रममा सुचना र मानव अधिकार केन्द्र (आई.एच.आर.सी.) नेपालगन्जको समन्वय तथा नेपालगञ्ज सामाजिक स्वास्थ्य सुरक्षा विकास केन्द्र र कृष्णा कृषक सहकारी समुहको लगानीमा अर्गानिक युक्त शुद्ध ताजा हरियो तरकारी खेतबाट सिधा अन्जनी माता रसोई घरलाई हप्ता व्यपी रूपमा उपलब्ध गराउने समुहका कृषक गुरूदीन यादवले बताए ।

सहयोग कार्यक्रममा अन्जनी माता रसोई सञ्चालक जितेन्द्रसिंह ठाकुर, आईएचआरसीका अधिवक्ता विश्वजित तिवारी, नेपालगञ्ज सामाजिक स्वास्थ सुरक्षा विकास केन्द्रका धर्मविर कंहार, कृष्णा कृषक सहकारी समुहका जयपाल मौर्य, कमलेशकुमार मौर्य, नेतराम मौर्यलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा प्रहरी जवानद्धारा आत्महत्या

९ जेष्ठ २०७८, आईतवार १७:०२
बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्वर ८ कण्ठपुर स्थित कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुसल बहादुर खाम्साले प्रहरी चौकी परिसर भित्रै झुण्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी होम बहादुर शाहीले जानकारी दिए । पाल्पा स्थायी ठेगाना हाल बर्दियाको कालिका प्रहरी चौकीमा कार्यरत २५ वर्षीय कुशल खाम्चाले […]