नेपालगञ्जमा बाक्लो हुस्सु लागेपछि हवाई उडान प्रभावित

सदरलाइन संवाददाता २९ मंसिर २०७९, बिहीबार १४:१३
 

नेपालगञ्ज : नेपालगञ्जमा बाक्लो हुस्सु लागेपछि हवाई उडान प्रभावित हुन थालेको छ । बाक्सो हुस्सु लागेपछि भिजिविलिटी कम हुँदा दुई दिनदेखि राँझा विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको हो ।

दिउँसोको समयमा भने हवाई सेवा नियमित भइरहेको राँझा विमानस्थलले जानकारी दिएको छ । राँझा विमानस्थलमा हवाई उडान र अवतरणका लागि १६०० मिटर भिजिविलिटी आवश्यक पर्दछ । राँझा विमानस्थलका अनुसार मध्यान्हसम्म भिजिविलिटी ८०० मिटर मात्रै थियो ।


बुधवारदेखि बाक्लो हुस्सु लाग्न शुरु भएपछि हवाई उडान अनियमित हुन थालेको हो । बुधवार विहान सवा ११ बजेपछि मात्र विमानस्थल खुलेको थियो । बिहीवार भने दिउँसो १ बजेतिर विमानस्थल खुलेको थियो ।

नेपालगञ्जको न्यूनतम तापक्रम अहिले १४ डिग्री सेल्सियस छ । तापक्रम घटेसंगै दुई दिन यता चिसो बढेको छ । जसका कारण गरिखाने वर्ग समुदाय बढी समस्यामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सृष्टि चौधरी एक दिनका लागि फिनल्याण्डकी राजदूत

२९ मंसिर २०७९, बिहीबार १४:१३
बर्दिया : बर्दियाको गुलरिया नगरपालिकाकी सृष्टि चौधरी एक दिनका लागि फिनल्यान्डकी राजदूत बन्नु भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा गएको शुक्रवार चौधरी फिनल्यान्डकी राजदूत बनेकी हुन् । बालिका तथा किशोरीको सशक्तिकरणका लागि काम गर्दै आइरहेको संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ […]

सम्बन्धित