मिस पूर्वाञ्चलको उपाधि पूजाको पोल्टामा

१५ पुष २०७५, आईतवार १५:३४
 

सदरलाइनडटकम,
सुनसरी : मिस पूर्वाञ्चल २०१८ को उपाधि झापाकी पूजा श्रेष्ठले जितेकी छिन । सुनसरीको धरानमासम्पन्न कार्यक्रममा उनले मिस पूर्वाञ्चलको ताजसँगै यामाहाको स्कुटी, हङ्गकङ्ग भ्रमण र विभिन्न उपहार समेत हात पारिन् ।
प्रतियोगितामा धनकुटा हिलेकी अनिला क्षेत्री फस्ट रनरअप बन्न सफल भएकी छिन् । उनले नगद एक लाखसहित विभिन्न पुरस्कार प्राप्त गरिन भने इटहरीकी तपस्या रणपहेली सेकेन्ड रनरअप बन्न सफल भएकी छन् । उनले नगद ५० हजार प्राप्त गरिन् । यस्तै फाइनल प्रतिष्पर्धामा मिस फोटो जेनिक र मिस मल्टिमिडिया टाइटल भने आकृति आचार्यले जित्न सफल भइन् ।
यस्तै बेष्टवाक र मिस ट्यालेन्ट सोनेता दाहाल, मिस पब्लिक च्वाइस र मिस इन्टिलेक्चुअल रुसाली केसी भइन् भने मिस फ्रेन्डसीप सलिना राजवंशी घोषित भइन् । उनीहरुले जनही १५ हजार पुरस्कार प्रप्त गरेका छन् ।
यस्तै फेस अफ डिभाइन आकृति आचार्य भइन भने फिटनेस स्वस्तिका विसुंखे घोषित भइन् । सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीतामा वरिष्ठ वातावरणविद राजेन्द्र खनाललगायतका निर्णायकहरुको टोलीले विजेता छनोट गरेका हुन् ।

Next Post

सुर्खेतबाट बेपत्ता तीन बालिका बुुटवलमा भेटिए

१५ पुष २०७५, आईतवार १५:३४
सदरलाइनडटकम, सुर्खेत : विद्यालय जान्छौँ भनेर बेपत्ता भएका सुर्खेतको सिम्ता गाउँपालिकाका तीनजना बालिका बुटवलमा भेटिएका छन् । गत पुष १० गते सिम्ता गाउँपालिका ९ खानिखोलाकी १४ वर्षीया निशा सिंह ठकुरी, सोही ठाउँकी १५ वर्षीया यमुना खत्री र उनकी १२ वर्षकी बहिनी रिसिमा खत्री स्कुल जान्छौँ भनेर बेपत्ता भएका थिए । […]