सदरलाइन विस्तार अन्तिम चरणमा, लिखीत सहमती प्रस्ताव पनि स्वीकार

२५ पुष २०७४, मंगलवार १९:१४
 

सदरलाइनडटकम 
२५ पुस नेपालगन्ज : नेपालगन्जको त्रीभुवनचौक–त्रिवेणीमोड (सदरलाइन) सडक विस्तार प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एशियाली विकास बैंकको सहयोगमा नेपालगन्जमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत अब चाँडै सडक तथा नाला निर्माण हुने भएको हो ।
सदरलाइन सडक विस्तारमा देखिएको विवाद र निकास बारे सम्वाद समूह बाँकेले पटक पटक गरेको सम्वाद प्रक्रियापछि सदरलाइनका घरधनीहरु स्वस्फुर्त घर भत्काइ सडक निर्माणको लागि सहयोग गरि रहेका छन् ।
नेपालगन्ज उप–महानगरपालिका, नेपालगन्ज उद्योग वाणिज्य संघ, सम्वद्ध वडा अध्यक्ष, सरोकारवाला घरधनी लगायतसँगको सम्वाद प्रक्रियापछि सबै पक्ष उत्साही मात्र हैन, सडक विस्तारमा अग्रसर पनि देखिएका हुन् ।
स्वस्फुर्त घर÷पसल भत्काउन सामुहिक तयार भइसकेता पनि परियोजनाले फेरी प्रत्येकसँग छुट्टा छुटटै लिखित सहमती माग्ने (फर्म भर्ने) जनाएपछि देखिएको अन्यौलता पनि सम्वाद समूहको सहजीकरणपछि सहज भएको छ ।
परियोजनाको फर्ममा घरको पेटी (वरान्डा, पर्खाल) एवं सेड व्याक एक फुट छोडने र घर वराण्डाको दोस्रो पीलर नभत्काउने गरी यस अघि भएको सहमतीलाई कार्यान्वयन गर्न विनाशर्त राजी खुसी छौं भन्ने लिखीत हस्ताक्षर सहितको प्रतिवद्धता मागीएको छ ।
समूहका सहजकर्ता शुक्रऋषि चौलागाईको अग्रसरतामा मंगलबार नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाको समुपस्थितिमा बसेको वडा अध्यक्ष र घरधनीसँगको सम्वादमा अधिकांसले घर भत्काइसकेकाले औपचारिक (लिखीत) प्रतिवद्धता गर्न कुनै कन्जुस्याई नगर्ने घरधनीले जनाएका हुन् ।
उपमहानगरका प्रमुख राणाले सरकारी प्रक्रिया, कानूनी÷प्रविधिक चुनौतीका कारण केही ढिलाई भएपनि अब पर्खन पर्ने र छुट्टै सहमती गर्ने अवस्था नआउने स्पष्ट पारे । यसैवीच फर्म भर्न आवश्यक सहजीकरणका लागि वडा अध्यक्षहरु उज्वलसिंह राठौर, मों अयूव सिद्धीकी, सुरेन्द्र गुप्तासहितको ११ सदस्यीय समन्वय समिति समेत निर्माण गरिएको छ ।
दुई सय १९ घर धुरी रहेको सदरलाईन क्षेत्रमा फरम भर्न सहज बातावरण सिर्जनाका लागि स्वयं नगर प्रमुख राणा, उपप्रमुख उमाथापा मगर, अगुवा उद्योगी÷व्यवसायी सहीतको टोली पनि केही बेर खटीएको थियो ।
परियोजनाका टिम लिडर डा जनार्दन आचार्य, इञ्न्जिनियनर शैलेन्द्र महजर्नसहितको एउटा टिम भने दिनभर घरधनी भेटन र फारम भर्न व्यस्त रह्यो । हस्ताक्षरसहितको सहमती गर्नु पर्ने अनिवायर्ततालाई पुरा गर्न क्रियाशिल रहेको इन्जिनियर महजर्नले बताए । सदरलाइन सडक विस्तारको कामको जिम्मा (ठेक्का) यस अघि नगरको सडक तथा ढल निर्माण गरिसकेको वहुचर्चित कम्पनी कालिका कन्सट्रक्शनले पाएको श्रोतले जनाएको छ ।


  

Next Post

निगमको ४८ औं स्थापना दिवसमा असाहे तथा अशक्तलाई कम्बल र फलफुल वितरण

२५ पुष २०७४, मंगलवार १९:१४
सदरलाइनडटकम २६ पुस, नेपालगन्ज : नेपाल आयल निगमको ४८ औ वार्षिक उत्सवको अवसरमा नेपालगन्जका असाहे तथा जेष्ठ नागरिकलाई कम्बल बितरण गरिएको छ । नेपाल आयल निगम क्षेत्रीय कार्यालय राँझामा कार्यरत कर्मचारी परिवारले नेपलगन्जमा रहेको निल सागर असाहे अशक्त पुनःस्थापना केन्द्र फुलटेक्रामा पुगेर आश्रममा आश्रीत रहेका २५जना असाहे तथा जेष्ठ नागरिकहरुलाई […]