कोहलपुर वाणिज्य संघको सात बुँदे माग

सदरलाइन संवाददाता २५ कार्तिक २०७९, शुक्रबार १५:४५
 

कोहलपुर (बाँके) : कोहलपुर उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा बृद्वि गरेको ब्याजदर र नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूजी कर्जा निर्देशिका २०७९ परिमार्जनको माग गरेको छ ।

राष्ट्र बैकले जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनका कारण उद्योगी व्यवासायीहरु धराशायी, पलायन एवं आत्मदाह गर्नेसम्मको परिस्थिती श्रृजना भएको संघले जनाएको छ ।


शुक्रवार कोहलपुरमा गरिएको पत्रकार सम्मेलनमा संघले ७ बुँदे मागसमेत गरेको छ । संघले कर्जामा एक अंकको व्याज दर कायम हुनुपर्ने, तरलता व्यवस्थापन हुनुपर्ने, राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ स्थगित हुनुपर्ने, अनुत्पादक मुद्दती खाता बन्द हुनुपर्ने लगायत सात बुँदे माग अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुर्बलडाकु र द्वन्द्वपीडितहरुको साथ सुर्यलाई

२५ कार्तिक २०७९, शुक्रबार १५:४५
कोहलपुर (बाँके) : मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदमा बांकेका पुर्ब लडाकु र द्धन्द्ध पिडितहरुले यसपालि आफनो साथ सुर्य चिन्हमा रहने बताएका छन् । नेकपा एमाले लम्बिनी प्रदेश उपसचिब तथा बांके क्षेत्र नं. १ ख प्रदेश सभा सदस्य पदका उम्मेदवार दुर्गा प्रसाद चौधरीको घरदैलो […]