कसौधन वैश्य समाजद्धारा खाद्यान्न वितरण

सदरलाइन संवाददाता ३ जेष्ठ २०७८, सोमबार १७:०४
 

नेपालगञ्ज : कसौधन वैश्य समाज युवा मञ्च बाँकेद्वारा खाद्यान्न वितरण कार्यक्रम सोमवारबाट शुरु गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संकटको बेला सहयोगी मनहरुबाट गरिएको यस्तो खाले खाद्यान्न वितरण कार्यक्रम मार्फत नेपालगञ्जका मजदुर, गरीब वर्गहरुलाई सहयोग पुग्ने बताए ।


कोभिड–१९ कोरोना भाईरसको चैन ब्रेक गर्न स्थापना प्रशासनबाट पटक–पटक गरी गरिएको निषेधाज्ञालाई ध्यानमा राखी कोही गरिब मजदुर घरपरिवारहरुलाई भोकै रहन नपरोस भनी १ सय १ जनालाई १ हजारका दरले खाद्यान्न वितरण गर्न शुरु गरिएको युवा मञ्च बांकेका अध्यक्ष आदित्य गुप्ताले बताए ।

कोभिड–१९ को पूर्ण पालना गर्दै स्थानीय सम्बन्धित निकायका जिल्ला प्रमुख शिवराम गेलाल, जिल्ला प्रहरी प्रमुख ओम बहादुर राना, कशौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य, लायन्स क्लब अफ नेपालगन्जका अध्यक्ष घनश्याम वैश्य तथा कसौधन वैश्य समाज युवा मञ्चका पदाधिकारीहरुको रोहबरमा आज सोमबार खाद्यान्न वितरण कार्यक्रमको शुभारम्भ गरिएको युवा मञ्चका अध्यक्ष गुप्ताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्जनी माता रसोई घरलाई खाद्यान्न सहयोग

३ जेष्ठ २०७८, सोमबार १७:०४
नेपालगञ्ज : पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा रहेको अन्जनी माता रसोइ घरलाई खाद्यान्न सहयोग गरेका छन् । पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको छाता संगठन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेले बिरामी तथा बिरामीका कुरुवाहरुलाई सस्तो मुल्यमा खाना खुवाउँदै आएको रसोइ घरलाई खाद्यान्न सहयोग गरेको हो । नेपालगञ्ज […]