दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता सुरु, पहिलो दिन पाँच खेल सम्पन्न

१२ पुष २०७४, बुधबार १९:४१
 

सदरलाइनडटकम   
१२ पुस, नेपालगन्ज : बाँकेको खजुरा गाउपालिका–२ केगाउँ स्थित शुक्र आधारभुत विद्यायलको खेल मैदानमा सुरु भएको दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिताको पहिलो दिन विभिन्न विधाका ५ खेल सम्पन्न भएका छन् । शुक्र आधारभुत माविको खेल मैदानमा सुरु भएको सो प्रतियोगिताको पहिलो दिन पुरुषतर्फको एक हजार ५ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलका माधव चौधरी प्रथम भएका छन् ।
उनले ४ मिनेट २७ सेकेन्ड एक पल्समा दौड पूरा गरि प्रथम हुँदा मध्यमाञ्चलका सुभाष थापा ४ मिनेट २७ सेकेन्ड ४ पल्समा दुरी पूरा गरि दोस्रो र सुदूर पश्चिमाञ्चलका सुनिल सुनार ४ मिनेट २७ सेकेन्ड ८ पल्समा दुरी पूरा गरि तेस्रो भएका छन् ।
बुधवार नै भएको महिलातर्फको १५ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी चन्द्रा घर्तीले ६ मिनेट ३५ सेकेन्ड ४ पल्समा दुरी पार गरि प्रथम हुँदा पश्चिमाञ्चलकी सुस्मिता भट्टराईले ६ मिनेट ४३ सेकेन्ड ६ पल्समा दुरी पार गरि दोस्रो र सुदूरपश्चिमाञ्चलकी रेखा चन्दले ६ मिनेट ५२ सेकेन्डमा निर्धारित दुरी पार गरि तेस्रो भइन् ।
पुरुषतर्फको ४ सयमिटर दौडमा सुदूरपश्चिमाञ्चलका केशर रावल प्रथम, सुदूरपश्चिम कै राजेशबहादुर चौधरी दोस्रो र मध्यमाञ्चलका छिरिङ लामा तेस्रो भए । त्यसैगरि, महिलातर्फको ४ सयमिटर दौडमा पश्चिमाञ्चलकी कल्पना श्रेष्ठ प्रथम भइन् भने मध्यपश्चिमकी पूजा चौधरी दोस्रो र सुदूरपश्चिमाञ्चलकी अनिता भुल तेस्रो भइन् ।
शटपुट महिला तर्फको खेलमा पश्चिमाञ्चलकी सुमित्रा थापा प्रथम भएकी छन् । उनले ८ दशमलव ४५ मिटर रेकर्ड राख्दा पश्चिमाञ्चलकी अस्मिता सेर्पाली दोस्रो र सुदूरपश्चिमकी मिना धामी तेस्रो भइन् । सेर्पालीले ८ मिटर ४३ मिटर पर फालिन् भने धामीले ८ दशमलव १४ मिटर दुरी फाल्न सफल भइन् ।


बुधबार नै सम्पन्न भएको पुरुषतर्फको लङजम्पतर्फ मध्यमाञ्चलका भुवन महतो प्रथम, मध्यपश्चिमाञ्चलका सुशील केसी दोस्रो र पूवाञ्चलका सुरज माझी तेस्रो भएको आयोजक बाँके जिल्ला एथलेटिक्स संघले जनाएको छ ।
यसैवीच, खेलकुद प्रतियोगितालाई सहरभन्दा गाउँ केन्द्रीत गर्नुपर्ने सुझाव सम्बद्धले दिएका छन् । दोस्रो जुनियर एथलेटिक्स प्रतियोगिता उद्घाटन कार्यक्रममा सम्बद्धहरुले सहरमा भन्दा गाउँबाट खेलाडी उत्पादन हुने भएकोले प्रतियोगितालाई गाउँ केन्द्रीत गर्दै लैजानुपर्ने बताएका हुन् ।



नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बाँके क्षेत्र नं. ३ बाट विजयी प्रतिनिधि सभा सदस्य नन्दलाल रोकायले खेलकुदका गतिविधिलाई गाउँसम्म पु¥याउन सकेमात्र खेलकुदको विकास हुने बताए । उनले खेलकुदका प्रशिक्षण गाउँसम्म पु¥याउन र भौतिक पूर्वाधार निर्माणका लागि आफूले सक्दो पहल गर्ने बताए ।
नेपाल एथलेटिक्स संघका अध्यक्ष शाहले खेल गतिविधिलाई ग्रामिण भेगमा पु¥याउनु पर्ने बताउँदै ग्रामिण भेगमा प्रतियोगिता लैजाने बाटो खुलेको बताए । ‘ग्रामिण भेगमा प्रतियोगिता गर्न सकिदैन भन्ने भनाईलाई सीतापुरमा भएको प्रतियोगिताले गलत सावित गरिदिएको छ,’ उनले भने ।

Next Post

नेपालगन्जमा युमिडिजी ब्रान्डका स्मार्ट फोन विक्रि बितरण सुरु

१२ पुष २०७४, बुधबार १९:४१
सदरलाइनडटकम १३ पुस, नेपालगन्ज : नेपालगन्जमा आजबाट ( बिहीबार ) युमिडिजी ब्रान्डका स्मार्ट फोन विक्रि बितरण सुरु भएको छ । युमिडिजीका ६ मोडलमा स्र्माट सेट उत्पादन भए पनि नेपालमा भने विभिन्न पाँच मोडलमा मात्र उपलब्ध रहेका यी स्मार्ट फोनको अन्य ब्रान्डको भन्दा छुट्टै फिचर रहेको एएच ईन्टरप्राईजेजका ओसियन हेमकारले दावी […]

ताजा अपडेट