पल शाहविरुद्ध किटानी जाहेरी

सदरलाइन संवाददाता ११ फाल्गुन २०७८, बुधबार १८:००
 

काठमाडौं : अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ ।


गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।

एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि छ । अधिकारी नाबालिका हुन् । कानुनतः १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि जबर्जस्ती करणी मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुक्रवार बेलुकी ६ बजेबाट जमुनाहा नाका पूर्णरुपमा बन्द गरिने

११ फाल्गुन २०७८, बुधबार १८:००
नेपालगञ्ज : भारतको बहराईच, श्रावस्ती लगायतका सीमावर्ती जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने हुँदा नेपालगञ्जको जमुनाहा नाका ६० घण्टाका लागि पूर्णरुपमा बन्द गरिने भएको छ । बाँकेसंग जोडिएका सीमानापारीका जिल्लाहरुमा विधानसभाको निर्वाचन आइतवार हुने भएपछि शुक्रवार बेलुकी ६ बजेबाट फागुन १६ गते सोमवार विहान ६ बजेसम्मका लागि सीमाना पूर्णरुपमा […]

सम्बन्धित