अन्जनी माता रसोई घरलाई खाद्यान्न सहयोग

सदरलाइन संवाददाता ३ जेष्ठ २०७८, सोमबार १७:१०
 

नेपालगञ्ज : पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा रहेको अन्जनी माता रसोइ घरलाई खाद्यान्न सहयोग गरेका छन् ।

पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको छाता संगठन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेले बिरामी तथा बिरामीका कुरुवाहरुलाई सस्तो मुल्यमा खाना खुवाउँदै आएको रसोइ घरलाई खाद्यान्न सहयोग गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाकी उप–प्रमुख उमा थापामगरको उपस्थितिमा खाद्यान्न हस्तान्तरण गरिएको थियो । खाद्यान्नहरुमा २ सय किलो चामल, २५ किलो दाल, एक कार्टुन तेल, २५ किलो पिठो, ५ किलो नुन र ५० किलो आलु प्रदान गरिएको महासंघ बाँके शाखाकी सचिव मिना डाँगीले जानकारी दिइन् ।


अन्जली माता रसोइ घरले बिहानको खाना २० रुपैयाँ र साँझको खाना ८० रुपैयाँमा खुवाउँने गरेको छ ।

यस्तै महासंघ बाँकेले जिल्ला प्रहरी कार्यालय बाँकेलाई स्वास्थ्य साम्रगी प्रदान गरेको थियो । बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानालाई ४ हजार थान मास्क, ५ सय एम एलको सेनिटाइजर १० थान र ५ लिटरको सेनिटाइजर ३ थान प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बाँकेद्वारा मदन–आश्रीत स्मृती दिवसमा प्रहरीलाई स्वास्थ्य समाग्री हस्तान्त्रण

३ जेष्ठ २०७८, सोमबार १७:१०
नेपालगञ्ज : नेकपा एमाले बाँकेले २८ औ मदन–आश्रीत स्मृती दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । कोरोना संक्रमणको त्रासको बीचमा नागरिकको सुरक्षामा खटिने प्रहरीलाई मास्क, सेनिटाईजर र हेण्ड ग्लोब्स उपलब्ध गराएको छ । एमाले बाँकेका अध्यक्ष सूर्य ढकालले कोरोना संक्रमणको महामारीमा आफ्नो ज्यान जोखिममा पारेर नागरिकको सुरक्षामा खटिने प्रहरीलाई […]

ताजा अपडेट